होन्डाको स्कुटर जित्ने लिंक समाजिक संजालमा भाइरल, आधिकारिक विक्रेताको यस्तो छ भनाई

 

काठमाडौं । विगत दुई दिनदेखि होन्डको सामाजिक संजालमा होन्डाको ७०औं वार्षिकोत्सवको शुभकामना सहितको म्यासेज लिंक यतिबेला म्यासेन्जरमा भाइरल भइरहेको छ ।

होन्डाको स्कुटर जित्न सकिने भन्दै आएको उक्त म्यासेज फेक भएको होन्डा मोटरासाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

होन्डाको आधिकारीक फेसबुक पेज मार्फत आफ्ना ग्राहकहरुलाई सूचना जारी गर्दै यस्तो कुनै योजना नभएको र यस्तो लिंक नखोल्न र अरुलाई नपठाउन समेत आग्रह गरेको छ ।

यो स्पामको रुपमा फैलिएको म्यासेजको लिंकमा क्लिक गरे पश्चात् २० जना वा ५ वटा ग्रुपमा उक्त लिंक पठाएर स्कुटर उपहार जित्न सकिने भनिएको हुन्छ । त्यस पश्चात् आफ्नो ठेगाना दिएर स्कुटर डेलिभरी गर्ने उल्लेख गरिएको हुन्छ ।


Back_to_top