काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले होन्डा डब्ल्यूआरभीको सुरुवाती भेरियन्टलाई मासिक ३१ हजार ३२५ रुपैयाँ किस्ता हुनेगरि बिक्री गर्दै आएको छ । त्यसको लागि ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।
अहिले होन्डाले ३० प्रतिशतदेखि नै डाउन पेमेन्ट गरेर होन्डाका कुनै पनि कार खरिद गर्न सक्ने योजना सार्वजनिक गरेको छ । लकडाउनपछि सुरु भएको यो अफर अहिले पनि निरन्तर रहेको होन्डाले जनाएको छ ।
यस्तोमा हामीले डब्ल्यूआरभीको सुरुवाती भेरियन्टको मूल्यलाई लिएर कम्पनीले ल्याएको अफर अनुसार गाडी किन्दा कति खर्च लाग्छ भन्ने यहाँ उल्लेख गरिएको छ ।
डाउन पेमेन्ट र मासिक किस्ता
कम्पनीको सबैभन्दा कम मूल्यको भेरियन्ट एसएमटी हो । यसको मुल्य ४३ लाख ९० हजार रुपैयाँ रहेको छ । यसमा १.२ लिटर क्षमताको इन्जिन दिइएको छ । कम्पनीले ल्याएको अफर अनुसार यसमा नगद एक लाख छुट दिने जनाएको छ । उक्त छुटपछि बाँकी रहेको रकम ४२ लाख ९० हजार रुपैयाँलाई ग्राहकले आफ्नो इच्छा अनुसार ३०, ४० र ५० प्रतिशत डाउन पेनेन्ट गर्नु पर्ने हुन्छ । यसरी ३० प्रतिशत डाउन पेमेन्ट गर्दा १२ लाख ८७ हजार, ४० प्रतिशत गर्नेले १७ लाख १६ हजार र ५० प्रतिशत डाउन पेमेन्ट गर्नेले २१ लाख ४५ हजार रुपैयाँ सुरुमा बुझाउनु पर्नेछ ।

कम्पनीले डाउन पेमेन्ट अनुसार फरक फरक व्याजदर तोकेको छ । ३० प्रतिशत डाउन पेमेन्टमा गाडी किन्नेले ९.२५ प्रतिशत व्याज तिर्नु पर्छ । ४० प्रतिशत डाउन पेमेन्ट गर्नेले ७.७५ र ५० प्रतिशत डाउन पेमेन्ट गर्नेले ५.९९ प्रतिशत व्याज तिर्नु पर्छ । यो कर्जा ७ वर्षसम्मको लागि उपलब्ध रहेको छ भने बीचमा परिवर्तन हुने छैन ।
यसरी कर्जा लिँदा ३० प्रतिशत डाउन पेमेन्टमा गाडी किन्नेले ४८ हजार ६९७ रुपैयाँ मासिक किस्ता तिर्नु पर्छ । त्यस्तै ४० प्रतिशत डाउन पेमेन्ट गर्नेले मासिक ३९ हजार ७९९ रुपैयाँ र ५० प्रतिशत डाउन पेमेन्ट गरेर किन्नेले ३१ हजार ३२५ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।
यस्तो डब्ल्यूआरभी
यसमा रहेको ११९९ सीसी क्षमताको इन्जिनले ९० पीएस पावर प्रदान गर्छ । यसमा इन्धनको लागि ४० लिटर क्षमताको ट्याङ्की दिइएको छ । यसमा ५ स्पीड म्यानुयल गिरबक्स रहेको छ ।
यसको लम्बाई ३९९९ एमएम, चौडाई १७३४ एमएम, उचाई १६०१ एमएम रहेको छ भने २५५५ एमएमको ह्वीलवेस दिइएको छ । ग्राउन्ड क्लियरेन्स भने १८८ एमएम रहेको छ ।
सुरक्षाको लागि एबीएस, इबीडी, एयरव्याग, रियर पार्किङ क्यामेरा जस्ता फिचर उपलब्ध रहेका छन् । हेडल्याम्पमा जोडिएको सिग्नेचर एलइडी डेटाइम रनिङ लाइट, एलइडी माउन्ट स्टप ल्याम्प, सिल्भर फिनिस रुफरेल जस्ता फिचरले यसको बारिही भाग निकै आकर्षक रहेको छ ।

