होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न

काठमाडौं । होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ । कम्पनीले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा उत्कृष्ट बनाउने उद्देश्यले गतसाता उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा टेक्निसियनहरु बीच ‘स्किल कन्टेस्ट’ गराइएको थियो । जसमा एसटीसी वर्कशप टेकुका प्रलाद दाहाल प्रथम हुँदै ५० हजार रुपैयाँ पुरस्कार जिते ।

त्यसैगरी, दोस्रो भएका अटो सिटी प्रालि इटहरीका गजेन्द्र बुढाथोकीले ३० हजार र तेस्रो भएका एसटीसी वर्कशप कोहलपुरका सन्तोष अर्जेलले २० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निदेशन अनुशार टेक्निसियनहरू होण्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्यक क्षेत्र बाट २/२ जना छनोट गरि राष्ट्रिय स्तरको प्रतियोगितामा संचालन गरिएको थियो ।

स्याकार ट्रेडिङले विगत केही वर्ष देखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गदै आएको बताएको छ । यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनिको भनाइ छ ।

स्याकार ट्रेडिङ कम्पनीका सर्भिस् जेनेरल मेजेर सिताराम न्यौपानेले होण्डाका मोटरसाइकल तथा स्कुटर नेपालीहरू माझ लोकप्रिय बनाउन टेक्निसियनहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

टेक्निसियनहरूको सिप तथा ज्ञानको उचित प्रयोग गरी आगामी दिनमा नेपाली ग्राहकलाई अझ उच्च स्तरको सेवा पुर्याउन यस किसिमको प्रतियोगिता कोशेढुंगा हुने उनको भनाइ छ ।

 


Back_to_top