जीएसीको १००० किलोमिटर रेन्जकाे सोलिड स्टेट पावर ब्याट्री

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड जीएसीले इमेज बेसको अटोनोमस ड्राइभ सोलुसन गार्सिया इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम रा हाइसेक्युरेटी हाइ क्यापासिटी सोलिड स्टेट पावर ब्याट्री देखाएको छ ।

कम्पनीले शुक्रबार चीनको ग्वान्जाओमा टेक्नलोजी डे २०२४ को अवसरमा उक्त ब्याट्रीको कन्सेप्ट देखाएको हो । इमेज बेसको गार्सिया इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमले हाइप्रिसाइज म्याप र लाइडारको प्रयोगलाई एकदमै घटाउने छ । यसा भिजुअल सेन्सर तथा एआई अल्गोरिदमले प्रयोग कर्तालाई व्यापक रूपमा सबै सिनारियोको ड्राइभिङ अनुभव दिलाउँछ ।

यो सिस्टमले कम्प्लेक्स ट्राफिक सोलुसन, ट्राफिक सिग्नल रिकग्नेसन, डाइनामिक सिनारीयोको ह्याण्डलिङ गरी रियल टाइममा एक्कुरेट ड्राइभिङ डिसिजन प्रदान गर्छ । जीएसीले यो सिस्टम सन् २०२६ बाट मासमार्केटमा पठाउने जनाएको छ ।

जीएसी सोलिड स्टेट पावर ब्याट्रीमा ब्रेक थ्रु भएको जनाएको छ । जीएसीले आफैं विकास गरेको यो व्याट्री टेक्नलोजीले उच्च इनर्जी डेन्सिटी प्रदान गर्नुका साथै सुरक्षित समेत रहेको छ ।

जीएसीले यो ब्याट्रीमा तेस्रो जेनेरेशनको स्पोन्ज सिलिकल नेगेटिभ इलेक्ट्रोड प्लेटको साथै हाइ क्यापासिटीको सोलिड स्टेट पोजेटिभ इलेक्ट्रोड टेक्नलोजीको प्रयोग गरेको हो । यसको इनर्जी डेन्सीटी ४०० वाटआवर प्रतिकेजी भन्दा बढी रहनेछ ।

जीएसीले सन् २०२६ वाट आफ्ना हाइपर ब्राण्डका ईभीहरूमा यो ब्याट्रीको प्रयोग गर्ने जनाएको छ । यो नयाँ टेक्नलोजीको ब्याट्रीको प्रयोगपछि एकपटकको चार्जमा १००० किलोमिटरसम्म सजिलै रेन्ज पाउन सकिने छ ।


Back_to_top