सनरुफ र एडास फिचरसहित आउँदै महिन्द्रा अर्माडा एसयूभी

काठमाडौं । महिन्द्राले बजारमा ल्याउन लागेको पाँच सिट क्षमताको थार अर्माडा अगस्ट १५ मा ग्लोबल डेब्यू हुने भएको छ । बजारमा आउने मिति एकिन भएसँगै यसमा रहने फिचरहरुको चर्चा सुरु भएको हो ।

अहिलेसम्म प्राप्त आधिकारीक जानकारी अनुसार नयाँ थारको एक्टेरियरमा परिवर्तन हुनेछ । विशेषत फ्रन्ट ग्रिल नयाँ रहने पक्का भएको छ । यसअघि जीपसँगको मुद्दाको कारण भारत बाहिर बिक्री गर्न नपाएको थार नेपाल लगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री हुनेछ । थार अर्माडा स्कर्पियो एन जस्तै ल्याडरफ्रेम च्यासीसमा बन्नेछ ।

पाँच ढोका रहने थारको ह्वीलवेस पूरानो थारको भन्दा लामो हुने भएकाले यसको क्यावीन स्पेश ठूलो हुनेछ । सार्वजनिक भएका तस्विरहरुका अनुसार नयाँ थारमा ड्यूलटोन ड्यासबोर्ड रहने छ ।

नयाँ थारमा सनरुफ, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, भेन्टीलेटेड फ्रन्ट सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, रियर रिडीङ ल्याम्प जस्ता फिचरहरु रहने छन् ।

सुरक्षाका लागि यो एसयूभीमा ६ वटा एयरव्याग र एडास सिस्टम रहनेछ । यसका अलावा क्यावीन फिचरको रुपमा वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, अल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, अटो डिमिङ आइआरभीएम हुनेछन् ।

लाइफ स्टायल एसयूभी भएता पनि नयाँ थारको टपस्पेकमा मात्र फोर बाई फोर ड्राइभ सिस्टम रहनेछ ।

नयाँ थारमा २.० लिटर एमस्टेलन फोर सिलिण्डर पेट्रोल र २.२ लिटर एमहक फोर सिलिण्डर डिजेल इन्जिन अप्सनमा पाउन सकिन्छ । दुबै इन्जिनसँग ६ स्पीड म्यानुअल र ६ स्पीडकै टर्क कन्भर्टर अटोमेटीक गियरबक्स रहनेछ ।


Back_to_top