टीभीएसको मोटरसाइकल र स्कुटर किन्दा ‘लाइफटाइम वारेन्टी’ पाइने

काठमाडौं । टीभीएसले ‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा उक्त योजना ल्याएको हो ।

यस स्किम अन्तर्गत ग्राहकले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा पाउने छन् ।

साथै, ग्राहकले हरेक हप्ता १०० प्रतिशतक्यास ब्याक, सियोर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मूल्यांकन र बजारकै सबैभन्दा कम ईएमआइ तथा सजिलो फाइनान्स सुविधा पाउने छन् ।

२०८० चैत ३० गतेदेखि सुरू भएको यो अफर सीमित अवधिका लागि देशैभर लागू हुने कम्पनीले जनाएको छ ।

टीभीएसले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरू राख्दै प्रयोगकर्ता माझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ । कम्पनीले स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाएको छ ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुईपाँग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

 


Back_to_top