काठमाडौं । नेपालका लागि होन्डा मोटरको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘द ड्रिम डिल’ नामक नयाँ ग्राहक केन्द्रित योजना ल्याएको छ । यस अन्तर्गत होन्डाका कार खरिदमा ८ देखि १७ लाखसम्मको बम्पर छुट दिने याेजना कम्पनीले सार्वजनिक गरेको हो ।
स्याकारले होन्डाको एसयूभी सीआरभीमा १७ लाखको छुट अफर गरेको छ । तर, यो छुट भने सन् २०१६ मोडलका गाडीहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
२.० लिटर इन्जिन रहेको २०१६ सीआरभीको मूल्य १ करोड ७ लाख ७५ हजार रहेकोमा यस योजना अन्तर्गत खरिद गर्दा १७ लाखको छुटसहित मूल्य ९० लाख ७५ हजार हुने होन्डाको सोरुम मेनेजर सोनी श्रेष्ठले जानकारी दिइन् ।
होन्डा सीआरभीको २०१८ मोडलको भने १ करोड ३३ लाख रहेको छ । यो मोडलमा भने १.५ लीटरको इन्जिन रहेको छ ।
त्यसैगरि स्याकारले २०१५ को होन्डा सिभीकमा ४ लाख ५० हजार छुट दिएको छ, जसको हालको बजार मुल्य ६७ लाख हो । सिभीककै २०१८ मोडलको भने ७५ लाख रुपैयाँ पर्ने छ । होन्डाकै २०१६ मोडलको सिटीमा पनि ८ लाख २५ हजार छुट दिएकोे छ । मोविलो पनि २०१६ को मोडल हो जसको मूल्य ४७ लाख रहेकोमा अफर योजना अन्तर्गत किन्दा ३७ लाख ५० हजार रुपैयाँमा पाइनेछ ।
होन्डाका सबै गाडीहरु ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि ११.५ प्रतिशत व्याजमा फाइनान्स सुविधा रहेको कम्पनीले जनाएको छ ।


