दक्षिण कोरियाली कम्पनी हुन्डाईले सन् २०१५ मा पहिलोपटक क्रेटा एसयूभी बजारमा सार्वजनिक गरेको थियो । बजारमा प्रवेश गरेको करिब तीन वर्षमा एसयूभीले छुट्टै पहिचान बनाएको छ ।
केही महिना अगाडि क्रेटाको फेसलिफ्ट बजारमा ल्याएको कम्पनीले २०२१ को सुरुवातमा अल न्यू क्रेटा सार्वजनिक गर्ने तयारीसहित काम गरिरहेको जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ क्रेटाको तथ्यलाई हेर्दा यसको विषयमा मिडियाले गरेको रिपोटिङ्गअनुसार १० तथ्य बाहिर आएको छ ।
नयाँ अवधारणा
यो एसयूभी नयाँ अवधारणामा निर्माण हुनेछ । यो कारले कियाको एसपी अवधारणालाई अपलम्बन गर्ने कम्पनीले जनाएको छ । साथै, कारमा क्रेटाको प्लाटफर्मलाई पुनरावृत्ति गरिएको छ । नयाँ अवधारणामा निर्माण भएको क्रेटा रेगुलर मोडलभन्दा भिन्न देखिने छ ।
नयाँ इञ्जिन
नयाँ एसयूभीमा १.५ लिटर पेट्रोल इञ्जिनकासाथै डिजेल ड्राइभ ट्रेन इञ्जिन दिइनेछ । यी दुबै इञ्जिन भारतीय प्रदूषण मापदन्ड बीएस–६ अनुसारको हुनेछ । उक्त इञ्जिनले उच्च पावर र टर्क उत्पादन गर्ने अपेक्षा गरिएको छ ।
कियाद्वारा निर्मित नयाँ डिजेल इञ्जिन
नयाँ जेनेरेशन क्रेटामा हुन्डाईद्वारा उत्पादित डिजेल इञ्जिनको प्रयोग गरिने छ भने पेट्रोल इञ्जिन किया कम्पनीले उत्पादन गरेको हुने अनुमान गरिएको छ ।
सात सिटर
हुन्डाई कम्पनीले क्रेटालाई दुई सिट अप्शनमा बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले क्रेटालाई फाइभ–सिट अप्शनकासाथै कन्फिगुरेशनका लागि सेभेन–सिट अप्शनमा समेत बजारमा ल्याउने अनुमान गरिएको छ । फाइभ–सिट भेरियन्टअन्तर्गत यो एसयूभीले टाटा ह्यारियर र निशान किकसँग प्रतिस्पर्धा गर्नेछ भने सेभेन–सिटर क्रेटाले सोही सेग्मेन्टको टाटा ह्यारियर एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
डायमेन्सन
हुन्डाईले रेगुलर क्रेटाको तुलनामा ठूलो डायमेन्सनसहित नयाँ क्रेटा बजारमा ल्याउनेछ । यसले क्याबिनलाई निकै फराकिलो बनाउनेछ ।
न्यू ग्लोबल डिजाइन
क्रेटामा हुन्डाईको नयाँ डिजाइन फिलोसफीलाई अवलम्बन गरिनेछ । सोही डिजाइन हुन्डाईको अर्काे मोडल कोनामा पनि देख्न सकिन्छ । नयाँ क्रेटा एसयूभीमा उपलब्ध न्यारोलिड हेडल्याम्प, स्टाइलिस हेक्जा ग्लोबल ग्रिल अहिलेकोभन्दा ठूलो र आकर्षक रहनेछ ।
प्रिमियम
क्रेटाको एक्सटेरियर पाट्र्स निकै प्रिमियम रहनेछ । यसमा आकर्षक हेड–अप डिस्प्ले, न्यू र परिमार्जित इन्फोटेनमेन्ट सिस्टम, बिगर डिस्प्ले, प्यानोरमिक सनरुफजस्ता फिचर रहनेछन् ।
सेफ्टी फिचर्स
सुरक्षालाई मध्यनजर गर्दै क्रेटामा ६ एयर ब्याग दिइनेछ भने एबीएस, ईबीडी, क्रुजकन्ट्रोललगायत विभिन्न विशेषता दिइनेछ ।
बूट–स्पेश
क्रेटामा हाल उत्पादन भएका अन्य एसयूभीको जस्तै प्राक्टिकल बूट लगाइएको छ । हुन्डाईको करेन्ट जेनेरेशनमा ४ सय लिटर बूट–स्पेश दिइएको छ । यो एसयूभीमा पनि ५ सय लिटरको बूट–स्पेश दिइनेछ ।
ग्राहक लक्षित
कम्पनीले करेन्ट जेनेरेशनको तुलनामा क्रेटाको मूल्य केही बढी राख्नेछ । यद्यपि, यसको विशेषता तथा आकर्षक बडीले ग्राहकलाई आकर्षित गर्ने कम्पनीको विश्वास रहेको छ ।
स्रोतः गाडीवाडी डटकम

