आयो होन्डा एक्स–ब्लेड एबीएसमा, मूल्यमा कति फरक ?

होन्डाको कही समय अगाडि बजारमा आएको नयाँ मोटरसाइकल एक्स–ब्लेडको सिंगल च्यानल एबीएससहित भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले एबीएससहितको बाइकको मूल्य नन् एबीएसको तुलनामा ८ हजार भारतीय रुपैयाँ महंगो रहेको छ । 

कम्पनीले एबीएससहितको बाइकमा ब्रेकिङमा केही परिर्वतन गरेको छ । अगाडिको पाङ्ग्रामा २७६ एमएमको डिस्क ब्रेक दिइएको बाइकमा पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।  

कम्पनीले यसमा अन्य फिचरमा पनि केही अपग्रेड गरेको छ । यसमा इन्जिन वेलिकभर दिएको छ भने, फ्रन्ट फर्क कभर र ह्वील रिम स्ट्रीपमा परिर्वतन गरिएको छ ।  

होन्डाको एक्स–ब्लेडमा विभिन्न नयाँ फिचर उपलब्ध छन् । एक्स–ब्लेडको नाम जस्तै यसको लुक्स पनि सार्प छ । सो मोटरसाइकलमा फुल एलईडी हेडलाइट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता अत्याधुनिक फिचरसमेत उपलब्ध छन् ।

होन्डा एक्स–ब्लेडमा १६२.७ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ, जसले १३.९३ बीएचपी पावर र १३.९ एनएम टर्क प्रदान गर्छ ।

यसमा रेजर जस्तै किनारा भएको एलईडी टेल ल्याम्प छ । यसका कारण आफू भन्दा पछि आइरहेको अन्य सवारी साधनले यसलाई राम्रोसँग देख्न सक्छन् । यसमा सार्प डिजाइनको इन्धन ट्यांकी छ । जसका कारण अन्य बाइकको ट्यांकी भन्दा फरक देखिन्छ ।

एक्स–ब्लेडको स्ट्रिट–टेक डिजिटल मिटरमा इनोभेटिभ स्टाइलको डिस्प्ले छ । यसमा सर्भिसिङ गर्न कति बाँकी छ र गियर पोजिसन कुन अवस्थामा छ भन्ने कुरा समेत देखाउने इन्डिकेटर छ ।

बाइकमा एलईडी हेडल्याम्प र फ्ल्यासिङ इन्डिकेटर लाइटले थप आकर्षण पैदा गरेको छ । त्यसैगरी कम मात्र मर्मत गरे पुग्ने खालको सिल चेन उपलब्ध छ । 

नेपाली बजारमा एक्स–ब्लेड रेगुलर मोडलको बिक्री वितरण भदौबाट भएको थियो । यसको मूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ । 


Back_to_top