काठमाडौं । होप इलेक्ट्रीक मोविलिटीले इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा ल्याएको नयाँ मोटरसाइकल ‘होप अक्सो’ सिंगल चार्जमा १५० किलोमिटर रेन्जसहित बजारमा आएको हो ।
प्रतिघन्टा १०० किलोमिटरको रफ्तारमा गुड्न सक्ने अक्सोको टेष्ट ड्राइभ भारतमा सुरु भएसँगै उपभोक्ताले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । अहिले टेष्ट ड्राइभबाट आएको प्रतिक्रियापछि मोटरसाइकललाई यसमा रहेका कमी कमजोरीलाई सुधार गरेर बजारमा विक्री सुरु गर्ने कम्पनीले योजना बनाएको छ ।
कम्पनीले करिब ३० हजार किलोमिटर परिक्षणपछि मात्रै यसलाई बजारमा उतार्ने जनाएको छ । भारतको जयपुरमा उत्पादन प्लान्ट स्थापना गरेर सुरुमा दैनिक १०० यूनिट मोटरसाइकल उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले बनाएको यो प्लान्टले वार्षिक १ लाख ८० हजार यूनिट मोटरसाइकल उत्पादन गर्ने क्षमता राख्छ । कम्पनीले यसमा रहेको मोटर र ब्याट्रीको विषयमा कुनै जानकारी दिएको छैन ।


