आयो होन्डा HR-V फेसलिफ्ट, यस्ता छन् विशेषता

होन्डाले आफ्नो HR-V एसयूभीको फेसलिफ्ट मोडल भारतमा भएको मोटर शोमा सोकेश गरेको थियो । कम्पनीले यो गाडिको बिक्री एसियली बजारमा छनोट गरेर केही देशमा मात्र गर्ने जनाएको छ । 

अहिले कम्पनीले मलेसियामा बुकिङ खुल्ला गरेर अब HR-V आरएस तयार भएको जानकारी दिएको छ । होन्डाले ल्याएको यो एसयूभी निकै आर्कषक र स्पोर्टी लुक्समा देखिएको छ । 

यो एसयूभीमा अगाडिको ग्रिल र डोर हेन्डलमा दिइएको ब्ल्याक कलरले कारलाई निकै स्पोर्टी देखाएको छ । होन्डाले यसमा फुलएलइडी हेडल्याम्पको साथमा बम्परमा परिमार्जन र ल्याम्प हाउजिङमा समेत ब्ल्याक कलर दिइएको छ । जसले यो एसयूभीलाई निकै प्रिमियम बनाएको छ । 

साथै, कम्पनीले फुल एलइडी ल्याम्प, १८ इन्चको फरक डिजाइनको एलोय ह्वील दिइएको छ । साथै होन्डाले नयाँ रेड पर्ल कलरमा एचआर–भी एसआरलाई बजारमा ल्याएको छ । यसको भित्री इन्टेरियमा कुनै परिर्वतन नगरिएको भएपनि सबै फिचर ब्ल्याक थिममा तयार गरिएको छ ।

होन्डाले यो नयाँ एसयूभीमा एप्पल कार प्ले, एन्ड्रोइड अटो ४जी सपोर्ट गर्ने इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । जसमा ब्लु रे स्ट्रिमिङ भिडियो फङ्सन, क्यावीन टक इन कार सिस्टम, क्यावीन कन्ट्रोल जस्ता फिचर रहेको छन् । 

होन्डाले कारमा सेफ्टीफिचरमा समेत निकै सुधार गरेको छ । एचआर–भी फेसलिफ्ट भर्सनमा ६ एयरब्याग, इर्मेजेन्सी स्टप सिंगनल, भेइकल सस्टेविलिटी प्रोगाम, हिल स्टार्ट एसिस्ट र लेन वाच क्यामेरा जस्ता सुरक्षा उपकरण दिइएको छ । 

होन्डा एचआर–भीमा १.८ लिटर भीटीइसी इन्जिन दिइएको छ । जसले १४२ पीएस पावर र १७२ एनएम टर्क उत्पादन गर्छ । यसलाई कम्पनीले सीभीटी अटोमेटिक ट्रान्समिसनमा ल्याएको छ । साथै, एचआर–भीलाई हाइब्रिड इन्जिनको साथपनि ल्याउने तयारीमा कम्पनी जुटेको बुझिएको छ ।    


Back_to_top