अब चेल्सीको टिसर्टमा हुन्डाईको लोगो

काठमाडौं । विश्वकपको सुरुवात हुन केहि घन्टामात्र बाँकी रहँदा विश्व फुटलको सबैभन्दा बढी हेरिने लिग इपीएलमा हुन्डाईले चेल्सी क्लवसँग नयाँ सम्झौता गरेको छ । 

विश्वकप फुटवलको समेत प्रायोजक रहेको हुन्डाईले २०१८/१९ को सिजनको सुरुवात देखि चेल्सीलाई रोजेको हो । अब चेल्सीका खेलाडीको शरिरमा हुन्डाइ लोगो अंकित जर्सि देखिने छ ।

चेल्सिको आधिकारिक वेवसाइटमा लेखिएको छ, ‘हुन्डाइलाइ हाम्रो आधिकारिक ग्लोबल मोटर पार्टनरका रुपमा पाउँदा हामी हर्षित छौ ।’

चार बर्षको उक्त सम्झौता हुन्डार्इको पहिलो ब्रिटिस मार्केटको प्रतिनिधित्व हुनेछ । सम्झौता पश्चात हुन्डार्इ मोटरका भाइस प्रेशिडेन्ट मार्केटिङ एण्ड प्रडक्ट एन्डरेस क्रिस्टोफ होफमानले भने, ‘हामि चेल्सीसँग साझेदारी गर्न पाउँदा उत्साहित छौं । एक सफल महत्वकांक्षि बिश्वव्यापी क्लबको र हुन्डार्इको भावनासँग मेल खान्छ ।’


Back_to_top