लकडाउन सकिएपछि हुन्डाईले दुई नयाँ कार ल्याउने

काठमाडौं । लामो समयदेखि लकडाउन भएका कारण नेपाल र भारतमा कार तथा मोटरसाइकलको बिक्री सून्य रहेको छ । लकडाउन सकिएपछि भने विभिन्न कम्पनीले नयाँ मोडल ल्याउने आन्तरिक तयारी गरिरहेका छन् । यस्तोमा हुन्डाईले दुई नयाँ मोडल नेपाल ल्याउने छ ।

यदि समय सामान्य भइरहेको थियो भने अहिले हुन्डाईले नेपालमा सेडान कार अउरा र ह्याचव्याक कार ग्राण्ड आई १० नियोस नेपाल ल्याइसकेको हुने थियो । हुन्डाईको यी दुबै मोडल बीएस ६ मापदण्डको इन्जिनमा आउने भएकाले यसअघि नै बैशाखमा ल्याउने जनाएको थियो ।

अब यी दुई कार हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले आगामी असारसम्ममा नेपाल आउन सक्ने छन् ।

ग्राण्ड आई १० नियोस

हुन्डाईले भारतमा ल्याएको ग्रान्ड आई १० नियोस विभिन्न ६ भेरियन्टमा बिक्री हुँदै आएको छ । यो हुन्डाईको ग्रान्ड आई १० को नयाँ संस्करण हो ।

यसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जस्ता विशेषता दिइएको छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ ।

यसमा मेसिन कट अलोय ह्वील दिइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइट सेटअप दिइएको छ । ग्रान्ड आई १० को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएच पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसमा बीएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ ।त्यस्तै, यसमा उपलब्ध १.२ लिटर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले ७२ पीएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

यसको ड्याशबोर्ड दिइएको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, आकर्षक स्टेयरिंग ह्वीलले गाडीलाई प्रिमियम लुक्स दिएको छ ।

इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुने छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबीएस, इबीडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर दिइएको छ ।

हुन्डाईको कनेक्टेड कार टेक्नोलोजीको विशेषता यसमा पनि दिइएको छ । कारमा हुन्डाई भेन्यूमा प्रदान गरिएको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

अउरा

हुन्डाईले आफ्नो कम्प्याक्ट सेडान कार अउरा भारतमा विभिन्न १२ भेरियन्टमा बिक्री गर्दै आएको छ । कम्पनीले निकै प्रिमियम फिचरका साथ बजारमा उतारेको आउरा १.२ लिटर पेट्रोलमा एमटी ई, एमटी एस, एमटी एसएक्स र एमटी एसएक्स (ओ) भेरियन्टमा उपलब्ध रहेको छ ।

त्यस्तै सोही इन्जिनमा अटोमेटिकमा समेत दुई भेरियन्ट एएमटी एस र एएमटी एसएक्स प्लस भेरियन्टमा उपलब्ध रहेको छ । साथै, १.० लिटर टर्बो पेट्रोल इन्जिनमा पनि अउरा उपलब्ध रहेको छ ।

१.२ लिटर डिजेल इन्जिनमा ४ भने भेरियन्ट उपलब्ध रहेको आउरा एमटी एस, एमटी एसएक्स (ओ), एएमटी एस र एएमटी एसएक्स भेरियन्टमा उपलब्ध रहेको छ । नेपालमा कुन कुन इन्जिन र भेरियन्टमा आउँछ भन्ने अहिले एकिन भएको छैन ।

निकै स्पोर्टी र आकर्षक देखिएको अउरा कारलाई कम्पनीले आफ्नो पछिल्लो डिजाइन ल्याङ्गवेजमा निर्माण गरेको हो । आरामदायी, सुरक्षीत, स्टाइलिस र प्रविधिले भरिपूर्ण यो कार ग्राहकले निकै मन पराउने कम्पनीको अपेक्षा छ ।


Back_to_top