काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले आफ्नो अत्याधिक सफल एसयूभी क्रेटाको मिडसाइकल फेसलिफ्टको परिक्षण सुरु गरेको छ । भारतीय मिडियाहरुले सार्वजनिक गरेको नयाँ स्पाइ तस्विरमा देखिए अनुसार नयाँ फेसलिफ्ट क्रेटाको हेडल्याम्पमा ठूलो परिमार्जन देख्न सकिन्छ ।
फेसलिफ्ट क्रेटालाई हुन्डाईको ग्लोवल एसयूभीको डिजाइनबाट प्रेरित गरेर ल्याउन लागेको देखिएको छ । यसमा प्रयोग भएको हेडल्याम्प हुन्डाईको नयाँ टुसानबाट प्रभावित रहेको छ । तस्विरमा देखिए अनुसार यसमा प्रयोग भएको हेडल्याम्प फ्रन्ट फेसियाको लोअर पार्टमा रेक्ट्याङ्गुलर सेपमा रहेको छ ।
यसमा प्रयोग भएको प्यारामेट्रिक ग्रिल डिजाइनले यसलाई आकर्षक बनाउने छ । नयाँ फेसलिफ्ट क्रेटामा डिआरएल भने व्लेड हुँदै पछाडि गएको छ । यसको बोनेट र बम्परमा पनि परिवर्तन गरिएको छ ।
कम्पनीले यसमा प्रयोग गरेको इन्जिन र गियरबक्स भने अहिलेकै रहने छ । हुन्डाई क्रेटाको नयाँ जेनेरेशन मोडलमा १.५ लिटर पेट्रोल र डिजल तथा १.४ लिटरको टर्बो पेट्रोल इन्जिन पाउन सकिन्छ ।
अहिले परिक्षण चलिरहेको क्रेटा फेसलिफ्ट सन् २०२२ मा बजारमा आउने छ ।


