१ लाख २९ हजारदेखि ८ लाखसम्मका मोटरसाइकल बेच्दै टीभीएस, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा १ लाख २८ हजार ९०० देखि ७ लाख ९९ हजार ९०० रुपैयाँसम्मका मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ ।

कम्पनीले आफुले विक्री गर्दै आएको अधिकांश मोडलको मूल्य साउन १ गतेबाट वृद्धि गरेसँगै टीभीएसका उत्पादन किन्न चाहने ग्राहकले धेरै रकम तिर्नु पर्ने भएको हो ।

कम्पनीले विक्री गर्ने सबैभन्दा कम मूल्यको दुई पाङ्ग्रे साधन एक्सएल १०० आई टच हो । साथै, कम्पनीको सबैभन्दा महंगो मोडल आरआर ३१० हो ।

टीभीएसले एनटर्क सिरिजको मूल्य पनि पढाएको छ । कम्पनीले एनटर्कको सुरुवाती भेरियन्टको मूल्य २ लाख २१ हजार ९०० रुपैयाँ बनाएको छ भने टप भेरियन्ट आरटी एफआई इन्जिन सहितको एनटर्क रेस एडिसनको मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ तोकेको छ ।

नयाँ मूल्यसूची


Back_to_top