मासिक ११ हजार किस्ता तिरेर किन्न सकिने कार !

काठमाडौं । श्री इको भिजिनरीले नेपालमा विक्री सुरु गरेको दुई सिट क्षमताको इलेक्ट्रीक कार निकै चर्चामा रहेको छ । यूट्यूव, फेसबुक र ट्वीटर जस्ता संजालमा यो दुई सिट क्षमताको ‘सिटी स्पीरिट’ इलेक्ट्रीक कार चर्चामा रहेको हो ।

सहरी क्षेत्रमा मात्रै प्रयोग गर्न उपयुक्त यो कार विभिन्न ४ भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । लिड एसिड र लिथियम आयोन गरी दुई व्याट्री अप्सनमा उपलब्ध कारको सुरुवाती मूल्य १३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले यो कारमा थप छुट पनि दिने छ । तर, हामीले यहाँ थप छुटको हिसाव नगरी सर्सर्ती हिसाव गर्दा पनि मासिक ११ हजार किस्तामा किन्न सकिने देखेका छौं । त्यसको लागि गाडी किन्ने मानिसले ५० प्रतिशत रकम डाउन पेमेन्ट बापत सुरुमा नै बुझाउनु पर्ने हुन्छ । तर, आफ्नो आवश्यकता अनुसार २० प्रतिशत रकम डाउन पेमेन्ट गरेर पनि यो कार किन्न सकिने छ ।

यदि तपाई २० प्रतिशत डाउन पेमेन्ट गरेर यो विद्युतीय कार किन्नु हुन्छ भने तपाईले सुरुमा २ लाख ७७ हजार रुपैयाँ डाउन पेमेन्ट बापत तिर्दा पुग्छ भने ७ वर्षसम्म मासिक १७ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

यदि तपाईले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु हुन्छ भने सुरुमा ६ लाख ९२ हजार ५०० रुपैयाँ तिर्नु पर्छ । त्यसपछि ७ वर्षसम्म मासिक १० हजार ६ सय रुपैयाँ तिर्दा पुग्छ । अहिले बजारमा व्याजदर ७.५ प्रतिशत हाराहारीमा उपलब्ध रहेकाले हामीले यसैलाई आधार मानेर हिसाव गरेका हौं ।
अन्य भेरियन्टको मूल्य

लिड एसिड व्याट्री जडान भएको टप भेरियन्टको मूल्य १४ लाख ८५ हजार रुपैयाँ रहेको छ । लिथियम आयोन व्याट्री युक्त भेरियन्टको मूल्य भने १७ लाख ८५ हजार र १८ लाख ८५ हजार रुपैयाँ रहेको छ । यी दुबै व्याट्री ७.५ किलोवाट आवरका हुन् । लिड एसिड व्याट्रीले फुल चार्जमा १२० किलोमिटर र लिथियम आयोन व्याट्रीले १५० किलोमिटर रेञ्ज दिने कम्पनीको दावी छ ।

चार सिट क्षमताको सिटी स्पीरिटको लम्बाई २,५४५ एमएम छ भने दुई सिट क्षमताको कारको लम्बाई लम्बाई २,२४५ एमएम मात्रै रहेको छ ।
घरको समान्य विजुलीमा प्लग जोडर चार्ज गर्न मिल्ने यो कार ४ देखि ६ घन्टा लाग्ने छ । काठमाडौंको वाफलमा शोरुम निर्माण गरेर कम्पनीले यसको विक्री सुरु गरेको हो ।


Back_to_top