रोयल इन्फिल्डको नयाँ मोटरसाइकल बुधबारबाट नेपालमा विक्री सुरु हुने

काठमाडौं । आगामी बुधबारबाट रोयल इन्फिल्ड मेटोर-३५० नेपालमा विक्री सुरु हुने भएको छ । आधिकारीक वितरक विवेक अटोमोवाइल्सले मेटोर भर्च्ुयल कार्यक्रम गरेर विक्री सुरु गर्न लागेको जनाएको छ ।

यो मोटरसाइकल तीन भेरियन्ट र ७ कलर अप्सनमा नेपालमा सार्वजनिक हुने कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ । मेटोर ३५० मा अलोय ह्वील, डिस्क ब्रेक, गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, यूएसबी चार्जर, पुल्ड व्याक ह्याण्डलबार, स्वीङ रियर फेन्डर, एलइडी टेललाइट, सेमी-डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्ल्यूटुथ कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

मेटोर ३५० मा ३५० सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने छ ।

भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा उपलब्ध हुने मेटोर ३५० मा ड्यूल च्यानल एबीएस दिइएको छ । कम्पनीले यसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने १७० एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।

मोटरसाइकलको ब्रेकिङ सिस्टमलाई उत्कृष्ट बनाउन कम्पनीले यसको अगाडि चक्कामा ट्वीन पिस्टन फ्लोटीङ क्यालीपरको साथ ३०० एमएमको डिस्क र पछाडि चक्कामा सिंगल पिस्टन फ्लोटीङ क्यालीपरको २७० एमएमको डिस्क दिएको छ ।

विभिन्न तीन भेरियन्टको मूल्य ६ लाख ५० हजारदेखि ७ लाख ५० हजारको बीचमा रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top