हुन्डाईले बनायो इलेक्ट्रीक डबल-डेकर बस, यस्तो छ माइलेज र विशेषता

कोरियाली गाडी उत्पादन कम्पनी हुन्डाईले पहिलो पटक इलेक्ट्रीक डबल–डेकर बस बनाएको छ । यो बसको उत्पालदसंगै ट्राफिक जाम र वातावरण प्रदूषण न्यूनिकरणमा सहयोग पुग्ने विश्वसा कम्पनीले लिएको छ ।

कोरियाको भूमि पूर्वाधार तथा ट्रान्सपोर्ट मन्त्रालयले गरेको कार्यक्रममा हुन्डाईले उक्त बस सार्वजनिक गरेको हो । यो बस निर्माणका लागि कोरिया सरकारले सहयोग गरेको थियो । २०१७ बाट उत्पादन थालिएको बस बनाउन १८ महिना लागेको थियो ।

यो बसमा ७० जना यात्रु अट्ने र त्यस मध्ये ११ सिट पहिलो तल्लामा र ५९ सिट दोस्रो तल्लामा हुनेछ । यो यात्रु संख्या हालको बसको तुलनामा १.५ गुणा धेरै हो । बसमा दुईवटा ह्वीलचेयरका लागि स्पेस रहेको छ । अटोमेटिक स्लाइडिङ र्याम्प, लो फ्लोर डिजाइनलगायत विशेषता बसमा छ ।

उक्त बसमा ३ सय ८४ केडब्लूएच वाटर–कुल्डहाइ–इफिसियन्सी पोलिमर व्याट्री रहेको छ । यो व्याट्रीले एकपटकको फुल चार्जमा ३ सय किलोमिटर माइलेज दिने छ । व्याट्री फुल चार्ज हुन ७० मिनेट मात्र लाग्ने कम्पनीले दाबी गरेको छ ।

हुन्डाई इलेक्ट्रीक डबल डेकर बस १२ हजार ९९० एमएम लामो र ३ हजार ९९५ एमएम उचाइको रहेको छ ।


Back_to_top