बाहिर आयो हुन्डाई ‘आयोनीक-४’को पहिलो टिजर

काठमाडौं । हुन्डाई मोटर्सले चीनमा नयाँ इलेक्ट्रीक एसयूभी लन्च गर्ने तयारी गरेको छ । विश्वको सबैभन्दा ठूलो ईभी मार्केटमा हुन्डाईले आयोनीक-४ ईभी लन्च गर्ने भएको हो ।

अन्तर्राष्ट्रिय मिडियाले आयोनीक-४ नाम दिएर समाचार प्रकाशित गरेको भएपनि हुन्डाईले अहिलेसम्म त्यसको नामका बारे केही बोलेको छैन ।

हुन्डाईले चिनियाँ बजारमा आएको ईभी बाढीमा प्रतिस्पर्धा गर्न सक्नेगरी नयाँ मोडल ल्याउन लागेको हो । यसको मूल्य पनि निकै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।

हुन्डाई मोटर्सले गतवर्ष पहिलो ‘ओभरसीज डिजिटल आर एण्ड डी सेन्टर’ चीनमा खोलेको थियो । हुन्डाईले हालै मात्र आयोनीक-४ को पहिलो स्पाई भिडियो सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ ईभीमा आफ्नो आयोनीक-९ को जस्तै फ्रन्टमा फुल लेन्थ लाइटबार र क्लोज ग्रिल दिएको छ । यसको रियरमा समेत फ्यूचरिस्टीक लाइटबार देखिएको छ । बक्सी डिजाइन र थीक सी पिल्लर दिएको यो एसयूभी किया ईभी-५ को हुन्डाई भर्सन जस्तै देखिन्छ ।

अहिलेसम्म धेरै जानकारी बाहिर नल्याएको कम्पनीले माइनस ३० डिग्रीको तापक्रममा विन्टर टेस्ट गरिरहेको भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियोमा रियर विण्डोमा डिफोस्टर रहेको देखिन्छ । कम्पनीले यो ईभी आइस जमेको रोडमा समेत ८० किलोमिटर प्रतिघण्टाकोस्पीडमा गुडेको देखिएको छ ।

हुन्डाईले यसै वर्षको अन्त्यसम्ममा लन्च गर्ने उक्त इलेक्ट्रीक एसयूभीको स्पेक, प्राइस तथा अन्य जानकारी कम्पनीले क्रमिक रुपमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।


Back_to_top