काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी हुन्डाईले फ्ल्यागशिप इलेक्ट्रीक एसयूभी आयोनिक ९ यसै वर्ष अनभिल गर्ने भएको छ ।
कम्पनीले टिजर फोटो सार्वजनिक गर्दै आयोनिक ९ को प्रडक्सन भर्सन छिटै देखाउने जानकारी दिएको हो । हुन्डाईले आयोनिक ९ को कन्सेप्ट सन् २०२१ को लस एन्जलस अटोशोमा देखाएकोे थियो । हुन्डाईले आयोनिक ९ लाई एरोडायनामिक प्रफर्मेन्सको साथमा एस्थेटिक अपिल भएको ईभी भनेको छ ।
यसको फ्रन्टमा आयोनिक ६ को जस्तै पारामेट्रिक पिक्सेल सहितको कनेक्टेड एलईडी लाइट रहेको छ । साइड प्रोफाइलमा स्क्वायरअफ ह्वील आर्क डिजाइन तथा पपआउट डोर ह्याण्डल रहेको छ । यसमा पिक्सेल थिमको लाइट रियरको टेलल्याम्प सम्म पूगेको छ । यसको टेलल्याम्प डी पिल्लरमा भर्टिकल डिजाइनको रहेको छ ।

हुन्डाईको आयोनिक ९ कम्पनीको ई जीएमपी आर्किटेक्चरमा बन्नेछ । यही आर्किटेक्चरमा हुन्डाईको आयोनिक ५ तथा कियाको ईभी ९ बनेको छ । आयोनिक ९ मा ७६.१ र ९९.८ किलोवाट अवारको दुई साइजको ब्याट्रीप्याकको अप्सन रहनेछ । हुन्डाईले यो ईभी ८०० भोल्ट आर्किटेक्चरमा बनाउने भएकोले यसले अल्ट्रा फास्ट डीसी चार्जर सपोर्ट गर्छ । साथै यसमा भीटुजी (भेहिलक टु ग्रीड) को समेत फिचर रहनेछ ।
यसको पावर आउटपुट सिंगल मोटर तथा ड्युल मोटर अप्सनमा क्रमशः २०० हर्सपावर तथा ३८० हर्सपावरको रहने छ ।
आयोनिक ९ एक थ्रीरो एसयूभी हो । यसको इन्टेरियरमा सफ्ट टच मेटेरियलको साथै मल्टीपल स्क्रीन सेटअप रहनेछ । हुन्डाईले मिडिया कन्ट्रोल तथा क्लाइमेट सेटिङको लागि भने फिजिकल बटमहरू दिने सम्भावना रहेको छ । आयोनिक ९ को सन् २०२५ को सुरूआतदेखि बिक्री सुरू हुनेछ ।
आयोनिक ९ ईभी हालै मात्र अमेरिकाको जर्जियामा स्थापित हुन्डाई मोटर ग्रुप मेटाप्लान्टमा उत्पादन हुनेछ । हुन्डाईले गत महिना निर्माण सम्पन्न गरेको उक्त प्लाण्टमा इलेक्ट्रीक र प्लगइन हाइब्रिड उत्पादन गर्नेछ । उक्त प्लाण्टको वार्षिक उत्पादन क्षमता ३ लाख युनिट छ ।

