काठमाडौं । जापानी दुईपाँग्रे निर्माता होण्डाले इलेक्ट्रीक नेकेड स्पोर्टस मोटरसाइकल प्रदर्शन गरेको छ । कम्पनीले इटालीको मिलानमा जारी ईआइसीएमए ९इक्मा० अटो शो २०२४ मा प्रदर्शन गरेको हो ।
कम्पनीले कन्सेप्टका रूपमा सार्वजनिक गरेको फन ईभी मिड साइज सेग्मेन्टका मोटरसाइकल सेग्मेन्टमा आउने भएको हो ।
होण्डाले २०२५ को अन्त्यसम्ममा बजारमा ल्याउने तयारी अनुरुप काम भइरहेको बताएको छ । होण्डा फन ईभी कन्सेप्टको एलईडी हेडल्याम्प ओला रोडस्टारसँग मिल्दो जुल्दो रहेको छ । यसको सस्पेन्सन तथा ब्रेक भने प्रडक्सन स्टेजमा हुने मोटरसाइकलमा जस्तै देख्न सकिन्छ । कम्पनीले यसमा सिंगल साइडेड स्वीङआर्मको प्रयोग गरेको छ ।
यो मोटरसाइकलको बारेमा धेरै जानकारी बाहिर आएको छैन् भने, यसमा सीसीएस २ चार्जिङ पोर्ट उपलब्ध छ । यसले यो मोटरसाइकललाई गाडिजस्तै फास्ट चार्ज गर्न सकिन्छ ।
२०३० सम्ममा २५ भन्दा धेरै इलेक्ट्रीक मोडल सार्वजनिक गर्ने घोषणा गरेको होण्डाले मिलानमा सीयूभी ई-स्कुटर समेत सार्वजनिक गरेको छ ।

