काठमाडौं । मारुती सजुकीले कम्प्याक्ट सेडान डिजायरको चौथो जेनेरेशन ल्याउने आउने भएको छ । आगामी सोमबार लन्च हुने नयाँ डिजायरमा केही सेग्मेन्ट फर्स्ट फिचरहरू थप भएका छन् ।
मारुतीले नयाँ डिजाइरमा स्वीफ्ट ह्याचब्याकमा प्रयोग भएको नयाँ इन्जिन दिएको छ । यसको बाहिरी आवरणमा नयाँ फ्रन्ट फेसिया, होरिजेन्टल क्रोम फिनिस सहितको ठूलो साइजको ग्रिल, नयाँ एलईडी हेडल्याम्प तथा रियर बम्पर समेत रिभाइज भएको छ । अब डिजाइरमा सिंगल प्यानल सनरुफ तथा सार्कफिन एन्टेना समेत थप भएको छ ।

ड्युल कलरको इन्टेरियर लेदरेट अपहोस्ट्रे, ९ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस एन्डरोइड अटो र एप्पल कारप्ले, ४.२ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, क्रुज कन्ट्रोल, किलेस इन्ट्री, पुस स्टार्ट स्टप बटम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट आदि क्याबिन फिचर रहेको छ ।
सुरक्षाको लागि यो कारमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, रिभर्स पार्किङ सेन्सर, एबीएस, ईबीडी, आइडल स्टार्ट स्टप सिस्टम जस्ता फिचर रहेका छन् ।

मारुती सुजुकी डिजायर २०२४ मोडलमा १.२ लिटरको ३ सिलिण्डर पेट्रोल इन्जिन रहेको छ । यो इन्जिनले ८२ हर्सपावर तथा ११२ न्युटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ५ स्पीडको म्यानुअल र ५ स्पीडकै एएमटी गियरबक्स अप्सन रहेने छ ।
मारुती सुजुकी डिजायरले हुन्डाई औरा, होण्डा अमेज, टाटा टिगोर जस्ता मोडलहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

