आयो १० मिनेटमै ८० प्रतिशत चार्ज हुने टेल्जीको स्कुटर, यस्ता छन् सेग्मेन्ट फर्स्ट फिचर

काठमाडौं । दुईपाँग्रे इलेक्ट्रीक स्कुटर उत्पादनमा अग्रणी कम्पनी टेल्जीले इटालीको मिलानमा सुरू भएको इआईसीएमए (इक्मा) अटो शो २०२४ मा नयाँ स्कुटर प्रदर्शन गरेको छ । कम्पनीले एस ९६ म्याक्स अत्याधुनिक स्कुटर प्रर्दशन गरेको हो ।

टेल्जीले एस ९६ म्याम्समा पहिलो सुपर फास्ट चार्जिङ सपोर्ट गर्ने ब्याट्रीका साथै दुईपाँग्रे स्कुटरमा नै पहिलो पटक थ्री इन वान इन्ट्रिगेटेड (स्टार रिङ्ग म्याग्नेटिक) १५ किलोवाट क्षमाताको मोटर प्रयोग गरेको छ । यो मोटर एक्जाइल फ्लक्स मोटर संरचना रहेको छ । यसले ट्रान्समिसन र इलेक्ट्रोनिक्स नियन्त्रण प्रणालीलाई एकीकृत गर्ने काम गर्छ ।

पहिलो पटक प्रयोगमा आएको यो मोटरले यो स्कुटरलाई ०-५० को स्पीड मात्र ३.५ सेकेण्डमा भेट्न सक्छ । यसको टप स्पीड क्षमता प्रतिघण्टा १२० किलोमिटर रहेको कम्पनीको दाबी छ । यो मोटरले अन्य मोटरको तुलनाम १३.५ प्रतिशत इर्नजी बचत गर्नुका साथै, मोटरको तौल र साइज समेत ५० प्रतिशतले कम गरेको छ ।

टेल्जीले प्रदर्शन गरेको यो पावरफुल स्कुटरमा ०-८० प्रतिशत चार्ज मात्र १० मिनेटमा गर्न सकिने नेबुला फास्ट चार्जिङ सिस्टम रहेको छ । यो स्कुटरले २० किलोवाट पावर चार्ज लिन्छ ।

यो स्कुटरमा कम्पनीले टीएफटी डिस्प्ले, कनेन्ट फिचर, ५५ वाट वायरलेस फास्ट चार्जर, रियर तथा फ्रन्टमा एचडी क्यामेरा जस्ता सेग्मेन्ट फर्स्ट फिचरको प्रयोग गरेको छ ।


Back_to_top