काठमाडौं । नागढुंगा-नौबिसेको वैकल्पिक सीतापाइला-धार्के सडक फेरि १५ दिन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले उक्त सडक कालोपत्रका लागि भोलि (शुक्रबार)देखि १५ दिन बन्द गर्ने जानकारी दिएको हो ।
कार्यालयका अनुसार कात्तिक २३ गतेदेखि १५ दिनसम्म उक्त सडकमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक अरू सबै प्रकारी सवारी साधन चलाउन रोक लगाइएको छ ।
यस अवधिमा वैकल्पिक सडकको रुपमा नागढुंगा-नौबिसे, टोखा-छहरे-गल्छी सडक प्रयोग गर्न प्रशासनले आग्रह समेत गरेको छ ।
यसअघि गत असोजमा पनि उक्त सडक लामो समय बन्द गरिएको थियो ।