केटीएम ३९० एड्भेन्चरमा थपियो तीन नयाँ भेरियन्ट

काठमाडौं । केटीएमले तीन नयाँ एड्भेन्चर मोटरसाइकल सार्बजनिक गरेको छ । कम्पनीले इटालीको मिलानमा जारी इक्मा अटो शो २०२४ मा एड्भेन्चर सेग्मेन्ट अन्तर्गत केटीएम ३९० एड्भेन्चर आर, केटीएम ३९० इन्ड्यूरो आर र केटीएम ३९० एसएमसी गरी तीन नयाँ एड्भेन्चर मोडलका मोटरसाइकल सार्बजनिक गरेको हो ।

र्‍याली प्रेरित बडीवर्क फिचरमा देखिएको केटीएम ३९० एड्भेन्चर आर केटीएमको सिग्नेचर कलर ओरेन्ज र ह्वाइट स्कीममा उपलब्ध छ भने यसमा नकल गार्ड, उठेको फ्रन्ट फेंडर, स्ट्याक्ड प्रोजेक्टर एलईडी हेडलाइट र अग्लो विन्डस्क्रिन रहेको छ।

मोटरसाइकलमा ठाडो राखिएको इन्स्ट्रुमेन्ट कन्सोल पनि छ जुन ह्यान्डलबार भन्दा अलि माथि माउन्ट गरिएको छ, जसले यसलाई र्‍याली टावर जस्तो देखाउँछ। साथै, लामो सिंगल पीस सिट, स्लीक टेल सेक्सन अन्डरबेली एग्जस्ट र ब्यास प्लेट यस मोटरसाइकलमा दिइएको छ।

टिपीकल इन्ड्यूरो डिजाइनमा तयार भएको ३९० इन्ड्यूरो आरमा सानो आकारको हेडलाइट, उठाइएको फ्रन्ट फेंडर पाउन सकिन्छ । यो मोडल ३९० एडभेन्चर आरको तुलनामा स्लिम बडीवर्कमा तयार भएको छ भने यसमा लामो फ्ल्याट सिंगल पीस सिट, अग्लो सिंगल पीस ह्यान्डलबार र स्लीम रियर डिजाइन रहेको छ।

केटीएम ३९० एसएमसी एक सुपरमोटो डिजाइनमा तयार भएको मोटरसाइकल हो । जुन इन्ड्यूरो मोडल जस्तै डिजाइनमा उपलब्ध छ भने यसमा अझै पातलो बडीवर्क पाउन सकिन्छ। यस मोडलमा भने स्पोर्ट र एड्भैन्चर दुबै मोटरसाइकलमा प्रयोग गर्न सकिने टायरहरू दिइएको छ । यो मोडलमा पनि समान फ्ल्याट सिंगल पीस सिट र अन्डरबेली एग्जस्ट रहेको छ ।


Back_to_top