स्कोडा काइल्याकको सुरूआती मूल्य ७.८९ लाख

काठमाडौं । युरोपियन अटोमोबाइल कम्पनी स्कोडा इण्डियाले सब कम्प्याक्ट एसयूभी काइल्याक लन्च गरेको छ । चेक ब्राण्ड स्कोडाले भारतमा काइल्याकको सुरूआती मूल्य ७ लाख ८९ हजार भारु राखेको हो ।

काइल्याक स्कोडाले भारत उत्पादन गरेको सबैभन्दा सानो साइजको एसयूभी हो । कम्पनीले यो एसयूभीको नामाकरण गर्नको लागि कन्टेस्ट नै गरेको थियो । उक्त कन्टेस्टमा आएको २ लाख फरक नामबाट काइल्याक छनोट गरिएको थियो ।

काइल्याक नाम भगवान शिवको माउण्ट कैलाशसँग सम्बन्धित रहेको छ । संस्कृतमा काइल्याकको अर्थ क्रिस्टलमा परिवर्तन हुनु हो । काइल्याक नाम स्कोडाको पछिल्ला मोडलहरू कुशक, कारोक तथा कोडियाकसँग मिल्दोजुल्दो समेत रहेको छ ।

एक्टेरियर फिचर

काइल्याकको एक्सटेरियर डिजाइनलाई स्कोडाले मोर्डन सोलिड डिजाइन ल्याङ्वेजमा आधारित रहेको जनाएको छ । यसमा अगाडि लाइटहरूमा क्लिन लाइनहरू देखिएको छ । यसका चल्तीको डिजाइनको एलईडी डिआरएल सहितको स्प्लीट हेडल्याम्प दिएको छ । यसको ग्रिल कुशकको भन्दा स्लीम डिजाइनको रहेको छ । यसको फेसियामा मसल्स अफ तथा बनेटमा क्रिजहरू देखिएको छ । यसको रियर लाइटमा टीसेपको सिग्नेचर लाइट रहेको छ ।

डायमेन्सन तथा ग्राउण्ड क्लियरेन्स

यो एसयूभीको लम्बाइ ३९९५ एमएम रहेको छ भने यो एसयूभी २५६६ एमएमको ह्वीलबेस रहेको छ । स्कोडाले काइल्याकलाई १८९ एमएमको ग्राउण्ड क्लियरेन्स दिएको छ । काइल्याकमा १७ इन्चको रिम रहेको छ भने रुफरेल र क्लाइडिङले यसलाई एसयूभी लुक्स दिएको छ ।

इन्टेरियर फिचर

काइल्याकको ड्यासबोर्ड कुशकसँग मिल्दो जुल्दो देखिएको छ । यसको एसी भेन्ट, क्लाइमेट कन्ट्रोल प्यानल, टुस्पोक स्टेरिङ ह्वील तथा ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा १० इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट स्क्रीन कुशकको जस्तै रहेको छ । यसका अन्य फिचरहरूमा सिंगल प्यानल सनरुफ, किलेस इन्ट्री, वायरलेस फोन चार्जर, वायरलेस एण्डरोइड अटो तथा आपल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट अपहोस्ट्रे, ड्राइभर तथा फ्रन्ट प्यासेन्जर पावर सिट, फ्रन्ट आर्मरेष्ट रहेको छ ।

सेफ्टी फिचर

स्कोडाको कुशक बनेको एमक्यूबी एओ आईएन प्ल्याटफर्ममा बनेको काइल्याकको बनावट सोलिड रहेको छ । यसको ग्लोबल एनक्याप वा भारत एनक्यापमा क्रयासटेस्ट नभएता पनि ५ स्टारको रेटिङ पाउनेमा कुनै शंका छैन । यो एसयूभीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफ्रेन्सियल लक जस्ता फिचर रहेको छ ।

इन्जिन तथा गियरबक्स

स्कोडको काइल्याकमा फक्सवागेन ग्रुपको तीन सिलिण्डरको १.० टीएसआई टर्बो पेट्रोल इन्जिन रहेको छ । सानो साइजको इन्जिन भए पनि यसले ११५ हर्सपावर तथा १७८ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ६ स्पीडको म्यानुअल तथा ६ स्पीडकै टर्क कन्भर्टर गियरबक्स रहेको छ ।

स्कोडाको काइल्याकले मात्र १०.५ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ । सानो इन्जिन भएकोले यसको फ्युल इकोनमी समेत उत्कृष्ट हुनेछ ।

 


Back_to_top