काठमाडौं । युरोपियन अटोमोबाइल कम्पनी फक्सवागेनले आफ्नो सब फोर मिटर एसयूभीको नाम टेरा राख्ने भएको छ ।
स्कोडाको काइल्याक प्ल्याटफर्ममा बन्ने यो एसयूभी आगामी वर्ष लन्च हुनेछ । भारतीय बजारमा बढ्दो सब फोर मिटर एसयूभीको बजारलाई लक्षित गर्दै फक्सवागेनले यो एसयूभी ल्याउने भएको हो ।
टेरा एसयूभी स्टाइलिस, कम्प्याक्ट, प्रिमियम फिचर तथा मोर्डन डिजाइन सहितको हुनेछ । फक्सवागेनको टेरामा स्कोडाको काइल्याक बनेको प्ल्याटफर्म र पावरट्रेनको प्रयोग हुनेछ ।

तर, टेरामा युनिक डिजाइनको ग्रिल, नयाँ डिजाइनको लाइटहरू, नयाँ बम्पर, रिडिजाइन टेलगेट रहनेछ । यो एसयूभीमा ११५ हर्सपावर दिने १.० लिटरको टीएसआई टर्बो पेट्रोल इन्जिन रहनेछ ।
टेरामा प्रिमियम फिचरहरूको साथै एड्भान्स कनेक्टीभीटी अप्सन रहनेछ । यसको सेफ्टीको लागि आधुनिक टेक्नलोजीको प्रयोग हुनुको साथै क्याबिन स्पेशमा समेत विशेष ध्यान दिएको छ ।
फक्सवागेनको टेरामा लेटेस्ट इन्फोटेन्मेन्ट सिस्टम सहितको कनेक्टेड कार टेक्नलोजी रहनेछ । जसले कस्टुमाइज ड्राइभिङ मोडको साथै प्रिमियम अडियो सिस्टमको मज्जा दिनेछ ।


