होण्डाले सार्वजनिक गर्यो इलेक्ट्रीक स्कुटर, रेन्ज ७० किलोमिटर

काठमाडौं । होण्डा एक्टिभा इलेक्ट्रीकमा आउने चर्चाका बीच कम्पनीले सीयूभी ई इलेक्ट्रीक स्कुटर प्रदर्शन गरेको छ । कम्पनीले इटालीको मिलानमा जारी इक्मा अटो शो २०२४ मा सीयूभी ई इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले केही समय अघि सार्वजनकि गरेको कन्सेप्ट डिजाइन एससी ईको डिजाइनमा सीयूभी ई प्रदर्शन गरेको हो । होण्डा सीयूभी ई लाई धेरैले होण्डा एक्टिभाको बेसमा तयार पारिएको समेत अनुमान गरेका छन् ।

यो स्कुटर मिनिमलस्टी डिजाइनमा तयार पारिएको छ भने, यसमा ६ किलोवाट मोटरको प्रयोग गरिएको छ । यसलाई कम्पनीले ११० सीसी स्कुटरसँग इकुभ्यालेन्ट गरेको छ ।

यो स्कुटरमा १.३ किलोवाट आवर क्षमताको रिमुभएबल लिथियम ब्याट्रीको प्रयोग गरिएको छ । यसले ७० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसलाई सामान्य चार्जरमा चार्ज गर्दा ७ घण्टामा फुलचार्ज हुने कम्पनीले भनाइ छ ।

यो स्कुटरमा ७ इन्चको टीएफटी डिस्प्ले रहेको छ । यसमा स्माटकनेक्ट फिचर, कल/एसएमस अर्लट, नेभिगेशन उपलब्ध छ । यसमा अल एलईडी लाइट, यूएसबी सी टाइप, राइड मोड, डिस्क ब्रेक तथा अलोय ह्वील उपलब्ध छ ।


Back_to_top