काठमाडौं । न्यू जेनेरेसन हुन्डाई भेन्युमा ग्राहको उच्च आकर्षण देखिएको छ । हुन्डाइ मोटर इन्डियाले गत नोभेम्बरमा लन्च गरेको न्यू हुन्डाई भेन्युले ४ महिनामै १ लाख बढी बुकिङ पाएको हो ।
कम्पनीले कम्प्याक्ट एसयूभी न्यू भेन्युको बुकिङ १ लाख युनिट नाघेको जनाएको छ । कम्पनीका अनुसार नयाँ जेनेरेसन भेन्यु नयाँ ग्राहकको रोजाइमा परेको छ । कुल बुकिङको झण्डै आधा माग पहिलोपटक कार किन्नेहरूको रहेको छ ।
यसैबीच, कम्पनीले नयाँ भेन्यु ग्राहकको रोजाइमा परेसँगै डिजेल भर्सनमा नयाँ भेरियन्ट बजारमा ल्याएको छ । कम्पनीले १३ लाख ६९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर ‘एचएक्स ८’ डिजेल अटोमेटिक भेरियन्ट बिक्री सुरू गरेको हो ।
यसअघि सार्वजनिक नयाँ भेन्यूको मूल्य भेरियन्ट अनुसार ८ लाख देखि १५.६९ लाख भारु सम्म छ। कम्पनीले नयाँ भेरियन्ट बजारमा ल्याएसँगै ग्राहकमाझ थप विकल्प उपलब्ध भएको छ ।

हुन्डाईले नयाँ भेन्यूलाई पहिलेको भन्दा अग्लो, फराकिलो र बक्सी डिजाइनमा बजारमा ल्याएको छ । साथै, कम्पनीले बाहिरी डिजाइन परिवर्तनसँगै क्याबिन र सुरक्षा फिचर धेरै थपेको छ ।
नयाँ भेन्युमा एडास लेभल टु उपलब्ध भेन्यूमा ३६० डिग्री क्यामरा, ड्राइभ मोड, ट्रयाक्सन मोड, विन्डो सनसेड, फ्रन्ट पार्किङ सेन्सर, रिक्लाइनिङ रियर सिट, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड जस्ता फिचर दिइएको छ ।

हुन्डाईले यसमा बेसको ८ स्पीकर दिएको छ । जसले म्युजिकप्रेमीहरूलाई खुसी बनाउन सक्नेछ । ड्यासबोर्डमा १२।३ इन्चका दुई ठूला स्कृन उपलब्ध छ । पहिलेको भन्दा धेरै फिजिकल बटनहरूको प्रयोग गरिएको छ । थ्री स्पोक स्टेरिङ ह्वील, नयाँ डिजाइनको सेन्टर कन्सोल, एम्बियन्ट लाइट जस्ता फिचर छन् ।
यसमा नयाँ डिजाइनको १६ इन्चको ह्वील छ । नयाँ हुन्डाई पुरानै १.२ लिटर कप्पा पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । जसमा पेट्रोल अप्सनमा ५ स्पीड म्यानुअल र टर्बोमा ७ स्पीड ड्यूलक्लच गियरबक्स दिइएको छ । डिजेल इन्जिनसँग भने ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ ।

