काठमाडौं । भारतको दोस्रो ठूलो अटोमोबाइल निर्माता कम्पनी हुन्डाईले उत्पादन गरेको नयाँ कम्प्याक्ट कार परीक्षणका क्रममा भेटिएको छ । हुन्डाईको एआइ थ्री मोडलको कार सडकमा देखिएको हो ।
यो कार हाल दक्षिण कोरियामा विक्री वितरण हुँदै आएको क्यास्परभन्दा केही ठूलो देखिन्छ । यसको लम्बाइटाटाको पञ्चको जस्तै हुने बताइएको छ ।
परीक्षणका क्रममा भेट्दा यो कारमा सनरुफ, एलईडी डीआरएल लाइट, प्रोजेक्टर हेडल्याम्प, लगायत देख्न सकिन्छ । यो कार भारतमा आउँदा नर्मल कम्प्याक्ट कारभन्दा केही लामो हुने अपेक्षा गरिएको छ ।
यसमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड फोर सिलिन्डर पेट्रोल इन्जिन र १.० लिटर टर्बो चार्जड थ्री सिलिन्डर पेट्रोल इन्जिनको अप्सन दिइएको छ । यसमा भएको १.२ लिटर नेचुरल्ली एस्पिरेटेड फोर सिलिन्डरले ७५ बीएचपी पावर र ९५ एनएम टर्क उत्पादन गर्छ । त्यसैगरी, यसको १.० लिटर टर्बो चार्जड थ्री सिलिन्डर पेट्रोल इन्जिनले ९९ बिएचपी पावर र १७२ एनएम टर्क प्रदान गर्दछ ।

हुन्डाई एआइ थ्री भारतमा आगामी वर्षको सुरुआतमै बजारमा आउने अनुमान गरिएको छ ।


