हुन्डाईले आजबाट ल्यायो नयाँ वर्ष स्कीम, नगदै-नगद छुट पाइने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई न्यू इयर डिलाइट-२०२४’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकलाई नगदै नगद छुट अफर गरेको हो ।

आज पुस १६ गतेबाट लागु भएको यो स्कीम देशभर रहेका हुन्डाईको शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त स्कीममा हुन्डाईका गाडी किन्ने ग्राहकले मोडल अनुसार अधिकतम ५ लाखसम्म नगद छुट पाउने छन् । त्यस्तै ईभी किन्दा ‘गो-ग्रीन’ स्कीममा अतिरित्त ५० हजार नगद छुट उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी मोडल इयरको आधारमा अघिल्ला वर्षहरुमा बनेका कारमा ५ लाखसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र वार्षिक सवारी कर पनि कम्पनीले दिने छ । साथै, तुरुन्तै मूल्य पुराना गाडी मूल्याङ्कन र एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ ।

कम्पनीले आफ्नो पेट्रोलियम पदार्थबाट चल्ने कारमा ३ वर्ष वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिसिङ दिएको छ भने ईभीको ब्याट्रीमा ८ वर्ष र गाडीमा २ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भर १७ शोरुम र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिदै आएको छ ।


Back_to_top