काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी नेपाल ल्याएको छ । ७ सिट क्षमताको ठूलो एसयूभीको रुपमा बजारमा आउन लागेको प्यालिसेड केही दिन भित्रै बजारमा विक्री सुरु हुने भएको छ ।
कोरियामा उत्पादन भएको यो एसयूभी अमेरिकी बजारमा समेत निकै चर्चित बनेको छ । यस्तोमा नेपाली बजारमा यसको व्यापार कस्तो हुन्छ । त्यो थाहापाउन भने केही दिन कुर्नु पर्ने हुन्छ ।
नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा उपलब्ध हुनेछ । उक्त इन्जिनले अधिकतम २०० पीएस पावर प्रदान गर्नेछ । ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध हुने प्यालिसेडको अनुमानित मूल्य २ करोड रुपैयाँ पर्ने छ । यसको मूल्य कम्पनीले केही दिन भित्र सार्वजनिक गर्ने छ ।
नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुने अपेक्षा गरिएको छ ।

