हुन्डाईले भारतमा थाल्यो नयाँ ईभीको परीक्षण

काठमाडौं । हुन्डाई इन्डियाले सानो इलेक्ट्रीक एसयूभीको परीक्षण भारतमा सुरु गरेको छ । कम्पनीले भारतको विभिन्न स्थानमा नयाँ इलेक्ट्रीक एसयूभीको परीक्षण थालेको हो ।

भारतीय मिडियाहरुले गरेको रिपोटिङ अनुसार नयाँ एसयूभी ४ मिटरभन्दा छोटो साइजमा आउने छ । अहिले भारतको विभिन्न किसिमका मौसममा चलाएर हेर्ने काम चलिरहेको छ । त्यसैले यसका विभिन्न तस्बिरहरु बाहिर आएका हुन् ।

हुन्डाईले भारतमा उत्पादन गर्दै एक्सटर एसयूभीकै लगभग साइजमा देखिने एसयूभी पूर्णरुपमा ढाकेर परीक्षण भइरहेको हो । यसलाई कम्पनीले मोर्डन डिजाइन ल्याङ्गेवेजमा आधारित रहेर बनाइरहेको अनुमान गर्न सकिन्छ ।

नयाँ इलेक्ट्रीक एसयूभी नै हुने आधारहरु थुप्रै देखिएको छ । डट टाइप एलइडी डे टाइम रनिङ लाइट, फ्रन्ट फेसियाको बीचमा ‘मर्स कोड’ ( चारवटा डट) देखिन्छ । यसको अर्थ एच हो । नयाँ ईभीबाट बाहिरी लोगोमा पनि चारवटा डट देखिने भएको हो ।

फ्लस टाइप डोर ह्याण्डल, फ्रन्ट माउन्ट चार्जिङ पोर्ट दिइएको छ । यसको भित्र रहने कुनै पनि कुराको बारेमा जानकारी बाहिर आएको छैन । बक्सी डिजाइनमा तयार भएको एसयूभीको टेक्निकल डिटेल पनि अहिलेसम्म बाहिर आएको छैन ।


Back_to_top