काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रुप एसएआइसीको न्यू इनर्जी भेहिकल ब्राण्ड आइएम मोटर्सले फुल साइज एसयूभी एलएस ९ को आगामी साता (नोभेम्बर ४)देखि प्रिसेल सुरू हुने भएको छ ।
६ सिटे रेन्ज एक्सटेन्डर प्रविधिको यो ठूलो एसयूभीको इलेक्ट्रीक मात्रको रेन्ज ४०२ किलोमिटरको हुने सीएलटीसीले प्रमाणित गरेको छ ।
आइएम मोटर्सले यो एसयूभीमा लिजार्ड डिजिटल च्यासिस ३.० प्रविधिको प्रयोग गरेको छ । यो एसयूभीको सबै सिरीजमा स्ट्याण्डर्ड फिचरको रूपमा ५२० लाइन लाइडार टेक्नलोजी रहेको छ ।
आइएमको एलइएस ९ स्क्वायर्ड डिजाइनमा बनेको एसयूभी हो । यसको फ्रन्टमा एल सेपको हेडलाइट, हिडन डोरह्याण्डल, २० देखि २२ इन्चसम्मको ह्वील आदि रहेको छ ।
यो एसयूभीको लम्बाइ ५२३९ एमएम, चौडाइ २००० एमएम, उचाइ १८०६ एमएमको र ३१६० एमएमको ह्वीलबेस रहेको छ ।
यो एसयूभीमा आइएम मोटर्सको स्टेलर ईआरईभी सिस्टम रहेको छ । यो एसयूभीमा ड्युल इलेक्ट्रीक मोटर दिएको छ भने पावर जेनेटरको रूपमा १.५ लिटरको टर्बो चार्ज्ड इन्जिन दिएको छ ।
सीएटीएलको ६५.९ किलोवाट आवरको ८०० भोल्ट फ्रिभोई सुपरहाइब्रिड ब्याट्री प्रयोग गरिएको छ । यो एसयूभीको इलेक्ट्रीक रेन्ज ४०२ किलोमिटरको रहेको छ । यो एसयूभीले मात्र २.८१ लिटर फ्युल कन्जप्सनमा १०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
६० लिटरको फ्युल ट्याङ्क रहेको यो एसयूभीलाई एकपटकमा १५०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

