आइएमई अटोमोटिभ्सकाे हेभी इक्वीपमेन्ट किन्न एभरेष्ट बैंकले ऋण दिने

काठमाडौं । आइएमई अटोमोटिभ्सले बिक्री गर्ने विभिन्न ब्रान्डका हेभी इक्वीपमेन्ट (उपकरण) खरिदका लागि एभरेष्ट बैंकले ऋण उपलब्ध गराउने भएको छ ।

आइएमईले बिक्री गर्ने एस्कर्ट, भर्ट र हुन्डाई ब्रान्डका हेभी इक्वीपमेन्ट खरिदमा बैंकले आकर्षक ब्यााजदरमा ७५ प्रतिशत कर्जा दिने भएको हो ।

बैंक र आइएमई अटोमोटिभ्स बीच भएको सम्झौता अनुसार आइएमईका देशभर संचालनमा रहेका शाखाबाट सरल र सहज रुपमा फाइनान्स सुविधा पाउनेछन् ।

कम्पनीले हाल एस्कर्ट ब्रान्डको ब्याकहो लोडर, रोड रोलर र क्रेन बिक्री गर्दै आएको छ भने हुन्डाई ब्रान्डको एक्साभेटर र भर्ट ब्रान्डको स्किड स्टीर लोडर बिक्री गर्दै आएको छ ।

विगत लामो समयदेखि एस्कर्ट ब्रान्डको निर्माण उपकरण बिक्री गर्दै आएको थियो भने हालै कम्पनीले भर्ट ब्रान्डको स्किड स्टीर लोडर थप गरेको हो । यी उपकरण बलियो, मजबुत र इन्धन किफायती विशेषतायुक्त रहेका छन् ।

हुन्डाई ब्रान्डको स्काभेटर समेत बिक्री गर्न थालेपछि कम्पनी निर्माण उपकरणमा सबै रेन्ज उपलब्ध गराउन सक्षम भएको छ ।


Back_to_top