आइएमई मोटर्स कस्टमर एप संचालन

अशोक लेल्याण्ड गाडिको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले अन्तरक्रियात्मक मोबाइल एप संचालनका ल्याएको छ ।याे एपकाे माध्यमबाट आइएमई मोटर्ससंग डिजीटल्ली सिधा जोडिन सकिनेछ । यसको प्रयाेगबाट आफ्नो गाडिको आगामी सर्भिस गर्ने मिति, सर्भिस बुकिङ्ग, नजिकैको सर्भिस सेन्टर, पार्टस् आउटलेट, सेल्स आउटलेटका साथै कम्पनीले विक्री वितरण गर्ने गाडिका विभिन्न मोडलहरुको बारेमा सुचना प्राप्त गर्न सकिनेछ ।

आफ्ना ग्राहकहरुको आवश्यकता तथा सुचना प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै ल्याइएको यो एप गुगल प्लेस्टोरमा आइएमई मोटर्सको नामबाट इन्स्टल गर्न सकिन्छ भने हाललाई यो एप एण्ड्रोइड अपरेटिङ्ग सिस्टममा मात्र उपलब्ध छ । कम्पनीका अनुशार याे एप क्रमिक रुपमा आईओएसमा पनि उपलब्ध हुनेछ ।

अशोक लेल्याण्ड कमर्शियल गाडिको बारेमा जान्न चाहने सबै ग्राहकहरुको लागि निकै उपयोगी हुने यो एपले आफ्ना रजीष्टर्ड ग्राहकहरुको लागि थप सुविधाहरु समेत समावेश गरेको छ । आफ्नो गाडिको विवरण, सर्भिस हिस्ट्री र सर्भिस गर्ने पात्रो, सर्भिस गरेको बिल हेर्न मिल्नका साथै चालकको विवरण समेत राख्न मिल्ने व्यवस्था रहेकाे छ । यसका साथसाथै कम्पनीले जारी गरेका पछिल्ला सुचनाहरु, अफरहरु, स्कीमहरु, सर्भिस क्याम्प, नयाँ नयाँ प्रोडक्टहरुको बारेमा पनि जानकारी लिन मिल्ने गरी यो एप बनाइएको छ ।

औपचारिक शुरुवातसंगै ५०० भन्दा बढी ग्राहकहरुले आइएमई मोटर्स एपलाई इन्स्टल गरीसकेका छन् र यो क्रम बढ्दो छ । यो एपको प्रयोगले ग्राहकहरुको आवश्यकता सम्बोधन हुने तथा यसले आइएमई मोटर्सका ग्राहकहरु र कम्पनीबीचको सिधा अन्तरक्रियामा थप सहज हुने वातावरण बनेको कम्पनीले जनाएकाे छ ।

यो एपलाई यहाँ बाट एण्ड्रोइड फोन प्रयोगकर्ताले सजिलै इन्स्टल गर्न सक्नेछन् ।


Back_to_top