टाटा अल्ट्रोज तीन भेरियन्टमा नेपाल आउने, यस्तो हुनेछ सबै भेरियन्टको मूल्य

काठमाडौं । टाटा मोटर्सको लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले चालु लकडाउन सकिएको १० दिन भित्र आफ्नो प्रिमियम ह्याचव्याक कार अल्ट्रोज नेपाल ल्याउने भएको छ ।

विभिन्न तीन भेरियन्टमा नेपाल आउने टाटा अल्ट्रोजको सुरुवाति मूल्य ३२ लाख ५० हजार रुपैयाँ निर्धारण गर्ने तयारी गरेको जनाएको छ । कम्पनीको सुरुवाति भेरियन्ट एक्सटी हुने छ ।

त्यसैगरि मिड भेरियन्टको रुपमा एक्सजेड र टप भेरियन्टको रुपमा एक्सजेड (अप्सनल) नेपाली बजारमा बिक्री गर्ने सिप्रदीले योजना बनाएको छ । सिप्रदीले सबैभन्दा सुरक्षीत प्रिमियम ह्याचव्याक कारभन्दै यसको टिजरहरु सोसलमिडियामा राख्न सुरु गरिसकेको छ ।

कम्पनीले अल्ट्रोज एक्सजेडको मूल्य ३४ लाख ५० हजार र एक्सजेड (अप्सनल)को मूल्य ३७ लाख ५० हजार निर्धारण गर्ने भएको हो ।

‘हामीले अल्ट्रोजलाई लकडाउन सकिएपछि बिक्री सुरु गर्ने तयारी गरिरहेका छौं । लकडाउन सकिएको १० दिन भित्र यसको बिक्री सुरु हुने छ’, सिप्रदी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले ल्याउने उक्त ह्याचव्याक कारले मारुती सुजुकी बलेनो र हुन्डाई इलाइट आई २० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

यस्ता छन् फिचर र विशेषता

निकै आरामदायी, ठूलो स्पेश, विशिष्ट फिचर तथा ठूला कारको जस्तै पर्फर्मेन्स रहने दाबी गरिएको अल्ट्रोज कम्पनीले आफ्नो नयाँ अल्फा प्लाटफर्ममा निर्माण गरेको हो ।

अल्ट्रोजको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ भने आकर्षक हेडलाइट र डे टाइम रनिंग लाइटको फिचर यसमा उपलब्ध रहेको छ । कारमा अल ब्ल्याक ड्याशबोर्ड र ३४१ लिटरको बुटस्पेश रहेको छ ।

१७ इन्च अलोय ह्वील लगाइएको अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ ।

अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।


Back_to_top