इन्डिपेन्डेन्ट सस्पेन्स भएका कार किन्दा ५ फाइदा

काठमाडौं । अहिले बजारमा कार बिक्रेताहरुले इन्डिपेन्डेन्ट सस्पेन्सलाई निकै हाइलाइट गरिरहेका हुन्छन् । तर, सामान्यतया धेरै जसो उपभोक्तालाई इन्डिपेन्डेन्ट सस्पेन्सले के फाइदा गर्छ भन्ने ज्ञान नभएको हुनसक्छ ।

इन्डिपेन्डेन्ट सस्पेन्सनले गाडीमा रहेको प्रत्येक पाङ्ग्रालाई स्वतन्त्र रूपमा नियन्त्रित गर्छ । त्यसैले कार थप आरामदायी, सुरक्षीत र उत्कृष्ट पर्फमेन्स गर्न सक्षम हुन्छ ।

मुख्यतया हाम्रो जस्तो खराब हाइवे, सहरी बाटा र कच्ची बाटाहरु भएको स्थानमा चालक र यात्रुलाई आरामदायी यात्रा गराउन इन्डिपेन्डेन्ट सस्पेन्सनले भूमिका खेल्छ । जस्तो सुकै बाटाहरुमा पनि कारलाई स्थिर राख्न इन्डिपेन्डेन्ट सस्पेन्सले सहयोग गर्छ ।

आधुनिक कार लिएर हिड्नेहरुले थप झन्झट ब्योहोर्न चाहँदैनन् । त्यसैले कार बुझेका मानिसले इन्डिपेन्डेन्ट सस्पेन्सन नै खोज्छन् । कार निर्माताले पनि लग्जरीमा सम्झौंता नगर्न यसको प्रयोग थालेका हुन् ।

हामीले यहाँ इन्डिपेन्डेन्ट सस्पेन्सको महत्ववारे चर्चा गरेका छौं ।

उत्कृष्ट राइड क्वालिटीः इन्डिपेन्डेन्ट सस्पेन्सन भएका कारको प्रत्येक पाङ्ग्राले स्वतन्त्र रूपमा काम गर्छन् । त्यसैले सडकको उबडखाबडमा पनि कारको सन्तुलन बिग्रदैन । जसको कारण चालक र यात्रुले आरामदायी अनुभव गर्न सक्छन् ।

उत्कृष्ट ह्यान्डलिङः सस्पेन्सले पाङ्ग्राहरूलाई सडकसँग राम्रो सम्पर्क बनाउन सहयोग गर्छ । त्यसमा इन्डिपेन्डेन्ट सस्पेन्सन भएको खण्डमा कारको नियन्त्रण र कर्नरिङ क्षमता सुधार गर्छ । विशेष गरी तीव्र गतिमा वा घुमाउरो बाटोमा कार चलाउँदा यसको प्रभावकारीता बढ्छ ।

थप सुरक्षीतः इन्डिपेन्डेन्ट सस्पेन्सनको सहयोगले गाडीका पाङ्ग्राहरूलाई सडकसँग निरन्तर सम्पर्कमा राखेर टायरको ग्रिप बढाउँछ । यसले ब्रेकिङ र स्टेयरिङलाई प्रभावकारी बनाउँछ । यसको सहयोगले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ ।

स्थीरपन दिन्छः सडकको असमान सतहबाट उत्पन्न हुने कम्पन र झट्कालाई इन्डिपेन्डेन्ट सस्पेन्सनले कम गर्छ । त्यसले गाडीको चेसिस र बडीको आयु बढाउँछ ।

जस्तोसुकै सडक अवस्था अनुकूलः इन्डिपेन्डेन्ट सस्पेन्सन अफरोड र अनरोड दुवै सडकको लागि प्रभावकारी हुन्छ । त्यसको मुख्य कारण नै प्रत्येक पाङ्ग्रा स्वतन्त्र रूपमा सडकको सतह अनुसार समायोजन हुनु हो ।


Back_to_top