काठमाडौं । भारत सरकारले नेपालको निर्वाचनलाई लक्षित गर्दै ३० वटा वान टन सवारी उपलब्ध गराएको छ ।
आइतबार वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा एक कार्यक्रमका बीच महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन क्षमताका ट्रक हस्तान्तरण गरेका हुन् ।
साथै, भाररतले अन्य निर्वाचन सामग्रीहरु पनि उपलब्ध गराएको छ । नेपाल सरकारको आग्रहअनुसार आगामी निर्वाचनको तयारीलाई सघाउन उक्त सहयोग उपलब्ध गराइएको दूतावासले जनाएको छ।
भारतले निर्वाचन लक्षित नेपाललाई सवारी साधन उपलब्ध गराएको यो चौथो पटक हो ।
यसअघि तीन चरणमा ५८० वटा सवारी उपलब्ध गराइसकेको छ । भारतले यसअघि महिन्द्रा बोलेरो पिकअप, स्कर्पिओ, ट्रक लगायत सवारी उपलब्ध गराएको हो ।

