काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनीहरु आक्रामक रुपमा विश्व बजारमा आउन थालेपछि त्यसको काउन्टरमा आफुलाई तयार राख्न जापानी ब्राण्डहरु नयाँ एलायन्स निर्माणमा जुटेका छन् ।
जापानी अटोमोवाइल कम्पनीहरुले आफ्नो लागत घटाउन र सप्लाई चेन दुरुस्त राख्न एलायन्स निर्माण गर्न लागेका हुन् । विशेषत न्यू इनर्जी भेहिकलको विश्वव्यापी चर्चा हुन थालेपछि त्यसमा निकै सुस्त देखिएका जापानी अटोमोवाइल उत्पादकहरु एकजुट भएका हुन् ।
विद्युतीय साधनको विकासमा लाग्ने रिसर्च तथा डेभलपमेन्ट खर्च कम गर्न, सफ्टवेर विकासलाई तिब्रता दिन र प्लेटफर्म विकास गर्न सजिलो होस् भन्ने हेतुले कम्पनीहरु एलायन्स निर्माणमा जुटेका हुन् ।
गत मे महिनामा टोयोटा, सुजुकी, दायहात्सु, माज्दा, सुवरुले एलायन्स बनाएका थिए । उनिहरुले नयाँ पावर ट्रेन विकास गर्ने विषयमा सम्झौता गरेका हुन् । त्यस्तै टोयोटा र सुजुकीले विकासशिल देशहरुका लागि बजेट कार निर्माणमा काम गरिरहेका छन् । यी दुई कम्पनीको पहिलो उत्पादन सुजुकी ईभीएक्स चाँडै बजारमा आउने भएको छ ।
पछिल्लो समयमा टोयोटाको जस्तै मित्सुबिसी पनि होन्डा र निसानको एलायन्समा जोडिएको छ । अगस्ट १ मा भएको सम्झौता अनुसार होन्डा, निसान र मित्सुबिसीको नयाँ एलायन्सले न्यू इनर्जी भेहिकलका लागि सफ्टवेर डेभलपमेन्ट, तथा आर एण्ड डीमा लाग्ने खर्चमा सहकार्य गर्नेछन् ।
यसका अलावा निसान र होन्डाले केहि रिजनमा मोडलहरु सप्लीमेन्टीङ गर्ने समेत बताएका छन् । निसान र होन्डाले गत मार्चमा सहकार्यको सम्झौता गरेका थिए ।
योे सम्झौता पनि होन्डा निसान मित्सुबिसीले ईभीको ब्याट्री, मोटर, इन्भर्टर, ईएक्सेल जस्ता पार्टसहरु सेयर गर्नेछन् । साथै, होन्डा र एलजी इनर्जी सोलुसनको जोयन्ट भेन्चरले लिथियम आयोन ब्याट्री नर्थ अमेरिकामा सन् २०२८ पछि सप्लाई गर्ने बताएको छ ।

