होन्डा नेपालले १३ वर्षसम्म बेचेका कारको एयरब्याग निःशुल्क फेर्ने

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार टे«डिङ कम्पनीले सन् २००१ देखि २०१४ मोडल बिक्री गरेका कारहरुको एयरब्याग परिवर्तन गरिदिने भएको छ ।

कम्पनीले यस अवधिभर बिक्री भएका होन्डा सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट र एकर्डमा प्रयोग भएका एयरब्याग निःशुल्क फेरिदिने भएको हो ।

यी कारहरुमा भएका एयरब्याग परिवर्तन गर्न कुनै शुल्क तिर्नु नपर्ने कम्पनीले बताएको छ । आफ्नो कारमा एयरब्याग परिवर्तन गर्नका लागि ग्राहकले धोबिघाट स्थित होन्डाको आधिकारिक सर्भिस सेन्टरमा जानुपर्ने हुन्छ ।

होन्डाका कारमा प्रयोग भएको एयरब्याग टकाटा एयरब्याग निर्माता कम्पनीले निर्माण गरेको हो । टकाटाले विभिन्न खाले दुर्घटनाबाट हुने क्षतीलाई न्यूनीकरण गर्नका लागि उक्त योजना ल्याएको जनाएको छ ।


Back_to_top