चेतक-३२०१ एडिशन सार्वजनिक, तत्काल अनलाइनबाट मात्रै बिक्री

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले नयाँ इलेक्ट्रीक स्कुटर सार्बजनिक गरेको छ । कम्पनीले आफ्नो चर्चित इलेक्ट्रीक स्कुटर चेतकको ‘३२०१ स्पेशल एडिशन’ सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न किसिमका अपग्रेड फिचर दिएर नयाँ चेतक ३२०१ भेरियन्ट बजारमा उतारेको छ । नयाँ भेरियन्ट चेतक तत्काल अनलाइन सपिङ प्लेटफर्म अमेजनमा मात्रै उपलब्ध छ ।

बजाजले छिट्टै आफ्नो आधिकारिक शोरुमहरुमा पनि नयाँ चेतक राख्ने जनाएको छ । टप स्पेक स्कुटर ब्रुकलिन ब्ल्याक कलरमा उपलब्ध हुनेछ । यसमा दिएको नयाँ साइड प्यानलमा चेतकको आकर्षक लोगो रहेको छ भने स्काफ प्लेट र दुई कलरमा सजिएको सिट पाउन सकिन्छ ।

चेतकको नयाँ भेरियन्टमा कलर फुल टिएफटी डिस्प्ले, टर्न बाई टर्न नेभिगेसन, म्युजिक सिस्टम कन्ट्रोलर, ब्लुटुथ कनेक्टिभिटी सिस्टम, कल र एसएमएस अलर्ट जस्ता सुविधा उपभोग गर्न सकिने छ ।

यसका अलावा स्कुटरमा टेकप्याक सफ्टवेर प्याकेजका रुपमा हिल होल्ड कन्ट्रोलसँगै स्पोर्ट ड्राइभ मोड पनि पाउन सकिन्छ ।

चेतक ३२०१ स्पेशल एडिसनमा ३.२ किलोवाट आवरको आइपी ६७ रेटेड ब्याट्री प्याक रहेको छ । यसको एआरएआई सर्टिफाइड रेन्ज १३६ किलोमिटर हो भने टप स्पीड ७३ किलोमिटर प्रति घन्टा छ ।

भारतीय बजारमा पहिलो पटक अनलाइन प्लेटफर्म मार्फत सार्वजनिक भएको चेतक स्पेशल एडिशनको एक्स शोरुम मूल्य १ लाख २८ हजार ७४४ भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।


Back_to_top