काठमाडौं । हिरो मोटोकर्पले एक्सपल्सको नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ । कम्पनीले दुई मोडलका नयाँ मोटरसाइकल गत वर्षदेखि नै परिक्षण गरिरहेको हो ।
हिरोले ४०० सीसी र २१० सीसी इन्जिन क्षमताको नयाँ एक्सपल्स भारतका विभिन्न स्थानमा परिक्षण गर्दै आएको छ ।
हाल उपलब्ध हिरो एक्सपल्स २०० फोर भीमा २०० सीसी एयर÷आयल कुल्ड इन्जिन छ । कम्पनीले परिक्षण परिरहेको २१० सीसी एक्सपल्समा भने लिक्विड कुल्ड कुल्ड इन्जिन देख्न सकिन्छ । यसलाई कम्पनीले नयाँ करिज्मामा प्रयोग गरेको थियो ।
एक्सपल्स ४०० मा भने हार्ले र हिरोको सहकार्यमा बनेको ४४० सीसी इन्जिन प्रयोग हुने अनुमान छ । हिराले ५ वर्ष अघि एक्सपल्स २०० सार्वजनिक गरेको थियो । विभिन्न समयमा अपडेट गर्दै अहिले कम्पनीले फोर भी भर्सन बिक्री गर्दै आएको छ ।
कम्पनीले निकट भविष्यमा नै एक्सपल्स २१० ल्याउने तयारीका साथ परिक्षण सुरू गरेको हो । हालै परिक्षणको क्रममा देखिएको एक्सपल्स २१० मा ठूलो फ्यूल ट्याङ्क र ट्याङ्क एक्सटेन्डर देखिएको छ । एक्सपल्स २१० मा नयाँ बडी डिजाइन रहने अनुमान गर्न सकिन्छ ।


