जावा-येज्दीको दशैं स्कीमः ५ वर्ष फ्रि सर्भिस, ५० हजार नगद छुट

काठमाडौं । जावा येज्दी मोटरसाइकलले दशै स्कीम सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्व लक्षित ‘येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल’ योजना ल्याएको हो ।

यो स्कीममा ग्राहकले पहिलो तीन वर्षको बार्षिक कर निशल्क पाउँने छन् ।

कम्पनीले आफ्नो स्कीमको फाइभ अन्तर्गत ग्राहकले ५ वर्षको निशुल्क सर्भिस तथा विभिन्न एशोसरिज प्राप्त गर्नेछन् ।

थ्री अन्तर्गत ३ वर्षको वार्षिक कर कम्पनीले निशुल्क उपलब्ध गराउने भएको हो । सोही योजनाको फिफ्टी अन्तर्गत ग्राहकले जावा तथा येज्दीका कुनैपनि मोटरसाइकलको खरिदमा नगद ५० हजार रुपैयाँ पाउने छन् ।

येज्दीका हालैमात्र नेपालमा स्क्रयाम्वलर, एड्भेन्चर र रोडस्टर मोटरसाइकलहरु विक्री सुरु भएको छ भने कम्पनीले लामो समयदेखि जावाका मोटरसाइकल विक्री गर्दै आएको छ ।

जावा तथा येज्दीका मोटरसाइकलहरुमा ३३४ सीसी सिंगल सिलिन्डर बीएस ६ लिक्विड कुल्ड इन्जिन उपलब्ध छ । जसले न्यूनतम २९.५० बीएच पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ ।

जावा येज्दी मोटरसाइकलमा स्लिपर क्लच, एबीएस, चार्जिङ पोर्ट जस्ता फिचर पाउँन सकिन्छ ।


Back_to_top