नेपालमा घट्यो जीप ब्राण्डको बिक्री, एक वर्षमा आयो केबल १० युनिट

काठमाडौं । जीपका एसयूभी विश्व बजारमा निकै चर्चित छन् । जीपलाई एसयूभी एक्सपर्ट भनेर विश्वभर चिनिन्छ ।

आफ्ना एसयूभी ग्राण्ड चेरोकी, मेरिडियन, कम्पास, ¥याङ्लर, रुविकन तथा ग्लाडियटर सहारा जस्ता मस्कुलर एसयूभी र पीकअप बिक्री गर्दै आएको जीपको आयात निकै कमजोर बनेको हो ।

सन् २०१८ मा नेपाली बजारमा पहिलो पटक प्रबेश गरेको जीप ब्राण्ड पछिल्ला दिनमा क्रमिक रुपमा कमजोर बन्दै गएको हो । उसोत मुख्यरुपमा भारतमा उत्पादन भएको कम्पास एसयूभी नै नेपालमा धेरै बिक्री हुन्थ्यो । भारतमा पनि यसको बिक्री कमजोर बन्दै गएको छ ।

नेपालको बजार ईभीमा केन्द्रित हुँदा जीपले पनि आफ्नो ठूलो बजार गुमायो । कुनै समय वर्षको ३÷४ सय युनिट जीप बिक्री गरेको एमएडब्लू लाइफले सन् २०२५ मा केबल १० युनिट मात्रै नेपाल ल्याएको छ ।

नेपाली बजारमा आयात भएको १० युनिट नै जीप कम्पास एसयूभी हो । भारत बाहिरबाट ल्याउने अन्य कुनै पनि मोडल सन् २०२५ मा नेपाल ल्याइएको छैन । यसले जीपको बजार लगभग ठप्प प्रायः अवस्थामा पुगेको इंगित गर्छ ।

फकर्ने मौका कुर्दै एमएडब्लू लाइफ

जीपले विद्युतीय एसयूभी पनि उत्पादन थालिसकेको छ । कम्पनीले एभेन्जर एसयूभीलाई युरोपमा प्योर इलेक्ट्रीक मोडलको रुपमा बिक्री गर्दै आएको छ । यदि, प्योर ईभीमा एभेन्जर नेपाल ल्याउने हो भने त्यसबाट जीपको पुनआगमन सम्भब देखिन्छ ।

प्योर ब्याट्री इलेक्ट्रीक बाहेक पनि जीपले अन्य थुप्रै हाइब्रिड मोडल बजारमा ल्याइसकेको छ । नयाँ टेक्नोलोजीमा आधारित जीपका एसयूभी नेपाल आउने हो भने भोलिका दिनमा बजारमा थप बलियो बनेर जाने अनुमान गर्न सकिन्छ ।


Back_to_top