काठमाडौं । सुजुकीको ललितपुर डिलर नारायणी अटो बिजनेश ग्रुपले बहु प्रतिक्षित जिम्नी एसयूभी बिक्री सुरु गरेको छ । कम्पनीले जिम्नीसँगै क्रसओभर एसयूभी मोडल फ्रोङ्क्स पनि बिक्री सुरु गरेको हो ।
नयाँ गाडीको बिक्री सुरु गर्दै कम्पनीका प्रबन्ध निर्देशक अनुप बरालले लाइफ स्टाइल प्रोडक्ट खोज्नेलाई जिम्नी र युवा मैत्री फ्रोङ्क्स एकसाथ उपलब्ध गराएको बताए ।
‘हामीसँग अब एसयूभीको लामो रेन्ज भएको छ । ग्राहकको आवस्यकता पुरा गर्न निकै राम्रो मूल्यमा यी गाडी उपलब्ध भएका छन् । इच्छुक सबैले आजैदेखि टेष्ट ड्राइभ गर्न र गाडी बुकिङ गर्न सक्नु हुन्छ’, प्रबन्ध निर्देशक बरालले भने ।
सुजुकीको लागि नेपालको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले यसअघि नै साउन २२ गतेबाट देशभर रहेका सुजुकीका सबै डिलर नेटवर्कबाट टेष्ट ड्राइभ र बुकिङ गर्न सकिने जनाएको थियो ।
सिजी मोटोकर्प र सिजी नेक्टजेन दुबै आउटलेटमा उपलब्ध हुने यी दुई एसयूभीको बुकिङ असार २९ गतेबाट सुरु गरेको थियो । सिजी मोटोकर्पले फ्रोङ्क्सको सुरुवाती मूल्य ३९ लाख ९९ हजार र जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री बुकिङ लिइरहेको छ ।
पाँच ढोका भएको सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित लाइफ स्टाइल प्रोडक्ट हो । यो मोडेललाई विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो । हेभी ड्युटी ल्याडर फ्रेम चेसिसमा बनेको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको कारण यसले जस्तोसुकै बाटोमा उत्कृष्ट पफर्मेन्स गर्न सक्छ ।

जिम्नी एसयूभीमा फोर ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । अफरोडकै लागि यसमा ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्री लिंक रिजीड एक्सई सस्पेन्स दिइएको छ । अफरोड बाटोको लागि उत्तम हुने गरी डिजाइन गरिएको जिम्नीमा २२।६८ सेन्टिमिटरको स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश छन् ।
नयाँ सुजुकी फ्रोङ्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम फिचरले भरिएको एसयूभी हो । ‘द फेस अफ न्यू एसयूभी’ भनिएको यसलाई निकै आकर्षक डिजाइन र स्पोर्टी लुक्स दिइएको छ ।
प्रिमियम डिजाइन, आधुनिक फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोङ्क्सले नेपालमा राम्रो बजार पाउने कम्पनीले विश्वास लिएको छ


