रेगुलर मोडलभन्दा ‘ज्युपिटर ग्रान्डी’मा कस्तो फरक

टीभीएस मोटर कम्पनीले ज्युपिटर ग्रान्डी स्कुटरलाई स्मार्ट कनेक्टेड फिचरसहित  बजारमा ल्याएको छ । नयाँ ज्यूपिटरमा कम्पनीले एनटर्कमा प्रयोग गरेको कनेक्ट फिचर दिएको हो ।

यस मोडलमा एलइडी हेडलाइट, सेमी डिजीटल इन्स्ट्रुमेन्ट कन्सोल, एडजस्टेबल रियर सस्पेन्सन, क्रोम हेडलाइट, रियर भ्यु मिरर लगायतका विशेषता दिइएको छ । यस्तै, क्रश स्टिच सिट कभर र डायमन्ड कट एलोय ह्वीलले स्कुटरलाई ग्रान्डी बनाएको छ । 

कम्पनीले यस मोडलमा १०९.७ सीसी क्षमताको इन्जिन लगाएको छ । यसले ७५ सय आपीएममा ८ बीएच पावर र ५५ सय आरपीएममा ८ एनएम टर्क उत्पादन गर्छ । यसको दुबै चक्कामा १३० एमएमको डिस्क ब्रेक लगाइएको छ । यसमा कम्बी ब्रेकिंग सिस्टम दिइएको कम्पनीले जनाएको छ । 

स्कुटरको लम्बाई १८३४ एमएम, चौडाई ६५० एमएम र उचाई १११५ एमएम रहेको छ । यसमा १२७५ एमएमको ह्वीलवेश र १५० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । 

यस्तै स्कुटरको फ्रन्टमा टेलिस्कोपिक फ्रर्क र रियरमा एडजस्टेबल सस्पेन्सन लगाइएको छ  । नेपाली बजारमा भने टीभीएस ज्युपिटर जेड एक्स १ लाख ८४ हजार ९ सयमा बिक्री हुदै आएको छ ।


Back_to_top