अटो शोमा २२ लाख मूल्य पर्ने नयाँ इलेक्ट्रीक ह्याचव्याक आउने

काठमाडौं । नाडा अटो शो २०२४ मा साना र ठूला ईभीको बढी नै आउने भएको छ । कम बजेटमा ईभी किन्छु भन्ने ग्राहकलाई लक्षीत गर्दै २२ लाख हाराहारी मूल्य पर्ने ‘ई-क्यूट-०२’ नेपाल आउने भएको हो ।

चिनियाँ अटोमोवाइल कम्पनी केईले उत्पादन गरेको ‘ई-क्यूट-०२’ नेपाल आउने भएको हो । केई ब्राण्डका उत्पादन लक्ष्मी ई-मोविलिटीले नेपालमा ल्याउन थालेको हो । कम्पनीले एक्स-थी प्रोसँगै नाडामा ‘ई-क्यूट-०२’ पनि बिक्री सुरु गर्ने तयारी गरेको हो ।

‘ई-क्यूट-०२’ ह्याचव्याक ४ सिट क्षमताको सिटी कार हो । कम्पनीले यसलाई तीन र पाँच ढोका भएको दुई अप्सनमा नेपाल ल्याउने तयारी थालेको बुझिएको छ ।

यसको फ्रन्ट फेसियामा आकर्षक हकआई डिजाइनको एलइडी हेडलाइट रहेको छ । क्लोज ग्रिल डिजाइन रहेको यो इभी, फ्लस डोर ह्याण्डल रियरमा एरोडाइनामिक टेलविङ पाउन सकिन्छ ।

सहर केन्द्रित कारको लम्बाई ३३४५ एमएम, चौडाई १६८५ एमएम, उचाई १६०५ एमएम छ । यसमा २१५० एमएम लामो ह्वीलवेस रहेको छ । यसको इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर छ ।

मिनी कार भएर पनि यसमा सेग्मेन्ट फस्ट ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, फिजगेट स्पीनर कि, पुस बटम स्टार्ट, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर छन् ।
केईले ह्याचव्याकमा १७.६९ किलोवाट आवर र २८.०८ किलोवाट आवरकोे दुई ब्याट्री अप्सन यसमा दिएको छ ।

सहर केन्द्रित ह्याचव्याक कारले ३१ किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । फास्ट चार्जरले चार्ज गर्दा जम्मा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले यसमा ३५ र ४० किलोवाटको दुई इलेक्ट्रीक मोटर दिएको छ । यसले ब्याट्री साइज अनुसार फुल चार्जमा २०० र ३०० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । कारको टपस्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।

लक्ष्मी ई-मोविलिटीले यसको मूल्य २२ देखि २७ लाख भित्रै रहने गरी बिक्री सुरु गर्ने अनुमान गरिएको छ ।


Back_to_top