३ लाख ९९ हजारमै चढ्न सकिने कार

काठमाडौं । विद्युतीय कारको आयातसँगै कम रकम हुनेले पनि सहजै कार चढ्न सक्ने अवस्था आएको छ । केईले नेपाली बजारमा ल्याएको ईक्यूट-०२ चढ्न चाहनेले ३ लाख ९९ हजार २०० रुपैयाँ डाउन पेमेन्ट गरेर कार घर लान सक्नेछन् ।

अहिले लक्ष्मी ईमोविलिटीले १९ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको केई ईक्यूट-०२ प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको कार हो । दुई ढोका भएको ईक्यूट-०२ निकै प्रिमियम फिल दिन सक्ने मिनी कार हो ।

अहिले बैंक तथा वित्तीय संस्थाले गाडी किन्ने उपभोक्तलाई ७.७७ देखि ९ प्रतिशतसम्ममा सहजै कर्जा सुविधा उपलब्ध गराएका छन् । यदि तपाई सात वर्षसम्म परिवर्तन नहुने ब्याजदरमै गाडी किन्न चाहनु हुन्छ भने पनि ८.५ प्रतिशत ब्याजदरमा सहजै कर्जा सुविधा पाउनु हुन्छ ।

मासिक किस्ताको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।

विद्युतीय गाडीमा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जा सुविधा पाइने भएको कारण थोरै डाउन पेमेन्टमा पनि गाडी खरिद गर्न सकिन्छ । केई ईक्यूट-०२ खरिद गर्दा बैंक तथा वित्तीय संस्थाबाट १५ लाख ९६ हजार ८०० रुपैयाँ कर्जा दिनु पर्छ । उक्त रकम ८४ किस्तामा तिर्दा मासिक २४ हजार ८९० रुपैयाँ हाराहारी तिर्नु पर्ने हुन्छ ।

यस्तो छ ईक्यूट-०२

चिनियाँ अटोमोवाइल कम्पनी केईले उत्पादन गरेको ईक्यूट-०२ मोडल ४ सिट क्षमताको सिटी कार हो । यसको फ्रन्ट फेसियामा आकर्षक हकआई डिजाइनको एलइडी हेडलाइट रहेको छ । क्लोज अफ ग्रिल दिइएको कारमा दुई ढोका मात्रै छन् । फ्लस डोर ह्याण्डल प्रयोग गरिएको कारको रियरमा एरोडाइनामिक टेलविङ दिइएको छ ।

सहर केन्द्रित कारको लम्बाई ३३४५ एमएम, चौडाई १६८५ एमएम, उचाई १६०५ एमएम छ । यसमा २१५० एमएम लामो ह्वीलवेस रहेको छ । यसको इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर छ ।

मिनी कार भएर पनि यसमा सेग्मेन्ट फस्ट ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, पुस बटम स्टार्ट, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर छन् ।

केईले ईक्यूट-०२ ह्याचव्याकमा १७.६९ किलोवाट आवरको ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई ३१ किलोवाटसम्मको डिसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । डिसी चार्जरले चार्ज गर्दा जम्मा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले यसमा ३५ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । कारको टप स्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top