काठमाडौं । यामाहाले नयाँ मोटरसाइकल सार्बजनिक गरेको छ । यामाहा इन्डियाले भारतमा एड्भान्स फिचरसहितको यामाहा आर १५ एमको नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीले आफ्नो चर्चित सुपरबाइक आर १ मोडलबाट प्रेरित भएर निर्माण गरेको आर १५ एमको ‘कार्बन फाइबर प्याटर्न भेरियन्ट’ ल्याएको हो ।
यसलाई कम्पनीले रेसिंग डिएनएका साथ सुपर स्पोर्टी लाइनको रुपमा डिजाइन गरेको छ । यसमा पुरै नयाँ कार्बन बडी पाउन सकिन्छ । प्याटर्न फ्रन्ट काउल, साइड फेयरिङ र रियर साइड प्यानललाई उत्कृष्ट फिनिसिङ्ग दिनका लागि ‘मोर्डन वाटर डिपिङ्ग टेक्निक’को प्रयोग गरिएको छ ।
नयाँ आर १५ एममा पुरै ब्ल्याक फेन्डर, ट्याकं र साइड फेयरिङमा नयाँ डिकल्स, नयाँ ह्वील र आकर्षक ग्राफिक डिजाइन रहेको छ । त्यस्तै, यसमा नयाँ फिचरकै रुपमा ‘टर्न वाइ टर्न नेभीगेसन’, म्युजिक र भोल्युम कन्ट्रोल फंगसन पनि थपिएको छ । यस सिस्टमलाई यामाहाको वाई कनेक्ट एपमा सजिलै कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी, नयाँ एड्भान्स स्वीच गियर, एलइडी लाइसेन्स प्लेट लाइट, डेडिकेटेड ट्रयाक्सन कन्ट्रोल सिस्टम, पुरै डिजिटल टीएफटी कलरफुल डिस्प्ले, कनेक्टिभिटी सिस्टम लगायतका धेरै फिचर यसमा समेटिएको छ ।
यामाहाले दिएको नयाँ डेडिकेटेड ट्रयाक्सन कन्ट्रोल सिस्टमले मोटरसाइकलमा ह्वील स्पीनको समस्या नआउने क्वीक सिफ्टर, मेनुअल क्लच अपरेसन तथा अपसिफ्टिङ्गको समयमा थ्रोटलमा रोल ब्याक बिनानै स्मुथ गियर सिफ्टिङ्ग जस्ता सुबिधा यसमा पाइन्छ ।
कम्पनीले यसको इन्जिनमा भने कुनै परिमार्जन गरेको छैन । यसमा १५५ सीसीको सिंगल सिलिन्डर, लीक्वीड कूल्ड, फोर स्ट्रोक, एसओएचसी, एफआई, बीएस ६ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।
साथै, युएसडी फर्क, मोनोसक सस्पेन्सन, ट्युबलेस टायर, डबल डिस्क ब्रेकसँगै डबल च्यानल एबीएस दिइएको छ । यामाहाले यसलाई नेपाली बजारमा पनि उपलब्ध गराउने छ ।

